Logo

२०८३, श्रावण ३०गते


images
images

सगरमाथामा कक्षा ११ का विद्यार्थीलाई स्वागत तथा अभिमुखीकरण

सगरमाथामा कक्षा ११ का विद्यार्थीलाई स्वागत तथा अभिमुखीकरण

images
  • सगरमाथामा कक्षा ११ का विद्यार्थीलाई स्वागत तथा अभिमुखीकरण
    images
    images

    देवदह । रूपन्देहीको देवदह - ७ शीतलनगरमा अवस्थित  सगरमाथा आवसीय माध्यमिक विद्यालयले कक्षा ११ का विद्यार्थीलाई स्वागत एवं अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयले नयाँ  भर्ना भएका विद्यार्थीहरुलाई शुक्रबार देवदह-५ खैरेनीस्थित पाठक फुडल्याण्डमा स्वागतसंगै अभिमुखीकरण गरेको हो । 

    images
    images
    images

    सो कार्यक्रममा बोल्दै देवदह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले अध्ययनपश्चात विद्यार्थीहरूलाई स्वदेशमै उद्यम गर्न, स्वरोजगार हुन  वा रोजगार गर्न सुझाए । कक्षा १२ लगत्तै विद्यार्थी विदेशिने र त्यसले देशको समग्र व्यवस्थालाई नै नकारात्मक असर गर्ने उल्लेख गर्दै उनले युवाहरूले नयाँ ढंगले सोच्न जरूरी रहेको बताए । राजनीतिक नेतृत्व र कर्मचारीतन्त्रले समेत युवामैत्री नीति तथा कार्यक्रममा जोड दिंदै युवालाई देशमै रोक्न आवश्यक रणनीति तय गर्नुपर्ने उनको विचार छ । 

    images
    images
    images

    फरक प्रसंगमा बोल्दै   प्रमुख प्रशासकीय अधिकृत सापकोटाले देशको शैक्षिक विकासमा निजि विद्यालयहरुको महत्वपूर्ण योगदान रहेको बताए । गुणस्तरीय शिक्षाले मात्र समाज रुपान्तरण गर्न सकिने भएकोले वालवालिकाको शिक्षाको विषयमा अभिभावकहरु समेत सचेत र सजग हुनुपर्नेमा जोड दिंदै उनले अतिरिक्त क्रियाकलापले विद्यार्थीहरुमा उर्जा बढ्ने भएकोले बेलाबेलामा अभिमुखीकरण गर्न आवश्यक रहेको औल्याए । 

    images
    images
    images

    लुम्बिनी बौद्ध विश्वविद्यालयका उपेन्द्र अधिकारीको सहजीकरण रहेको कार्यक्रममा विद्यालयका प्राचार्य कृष्णप्रसाद पौडेल, ईप्सा रुपन्देहीका अध्यक्ष रामबहादुर गुरुङ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराज मरासिनी लगायतले बोलेका थिए । 

    सोही अवसरमा पुर्व शिक्षक भिमाकुमारी गुरुङ्गलाई सम्मान समेत गरिएको थियो भने विद्यार्थीले सांस्कृतिक प्रस्तुति समेत दिएका थिए । 

    कार्यक्रममा सहायक प्रार्चाय प्रदीप अधिकारीको स्वागत र शिक्षक दिपेशविक्रम मल्लको संचालन रहेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सगरमाथा मा.वि.
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।