देवदह । देवदह -७ शितलनगरमा अवस्थित सगरमाथा आवासीय माध्यमिक विद्यालयमा शिक्षक-अभिभावक अन्तरकिया सम्पन्न भएको छ । बिहीबार कक्षा ९ मा अध्ययनरत विद्यार्थीहरुका अभिभावक, शिक्षक र विद्यार्थी विच अन्तरक्रिया गरिएको विद्यालयले जनाएको छ । ।
विद्यार्थीको सिकाइ प्रक्रियामा घरको वातावरण अनुकुल हुनुपर्ने भएकाले वार्षिक शैक्षिक निती तय गर्दा अभिभावकहरुको समेत सुझावलाई समावेश गर्ने उद्देश्यले अन्तरक्रिया गरिएको विद्यालयका सह-प्राचार्य प्रदीप अधिकारीले बताए ।
अन्तरक्रियामा बोल्दै विद्यालयका प्राचार्य कृष्ण प्रसाद पौडेलले विद्यार्थीहरुको शैक्षिक गुणस्तर वृद्धिका लागि विद्यालय र अभिभावकले विशेष भूमिका हुने बताए । सो क्रममा अधिकांश अभिभावकहरुले विद्यालयले विद्यार्थीहरुको सिर्जनात्मक क्षमताको वृद्धि गर्न ध्यान दिनुपर्ने विचार राखेका थिए ।
विद्यालयका १ सय २० बढी अभिभावकहरू उपस्थित कार्यक्रममा शिक्षकहरु दधिराम ज्ञवाली र दिल्लीराम पराजुलीले आ–आफ्नो कक्षाका विद्यार्थीहरुको समस्टीगत विवरण प्रस्तुत गरेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology