Logo

२०८३, श्रावण २७गते


images
images

कृषि

सानाकिसान केरवानीमा कृषक प्राविधिक अन्तरक्रिया

सानाकिसान केरवानीमा कृषक प्राविधिक अन्तरक्रिया

images
  • सानाकिसान केरवानीमा कृषक प्राविधिक अन्तरक्रिया
    images
    images

    देवदह । रुपन्देहीको देवदहमा कृषक प्राविधिक भेटघाट कार्यक्रम सम्पन्न भएको छ । कृषि ज्ञानकेन्द्र रुपन्देहीको आयोजना र साना किसान कृषि सहकारी संस्था लि. केरवानीको समन्वयमा कार्यक्रम भएको हो ।

    images
    images
    images

    सहकारी संस्थाको सभाहलमा कार्यक्रम उद्घाटन गर्दै देवदह नगरपालिका वडा नं ३ का अध्यक्ष यज्ञ प्रसाद अर्यालले वडाले हरेक वर्षको बजेटमा २५ प्रतिशत रकम कृषिका लागि विनियोजन गर्ने गरेको बताए । उनले धान, गहुँ, मकै, तोरी, तथा अन्य सिजनल तरकारीका विउ बिजनहरु समेत वडाले वितरण गर्ने गरेको बताए ।

    images
    images
    images

    ‘किसानको लागि वडा कार्यालय हर क्षण सहयोग गर्न तयार छ । तर कृषिमा आधुनिकिकरण गरेर कसरी उत्पादन वृद्धि गर्न सकिन्छ भन्ने कुरामा किसान पनि चनाखो हुन जरुरी छ ।’ उनले भने, ‘त्यसको लागि वडाले के गर्नुपर्छ तपाईहरुले सुझाव दिनुप¥यो ।’

    images
    images
    images

    सोहि अवसरमा कृषि ज्ञान केन्द्र रुपन्देहीका प्रमुख शिवप्रसाद अर्यालले कृषकहरुसँग अन्तरक्रिया गर्दै कृषिका विषयमा उठेका जिज्ञासाहरुको जवाफ दिएका थिए । उनले बर्षायाम सुरु भएकाले बिउबिजन छनौट देखि त्यसको उत्पादन हुने बेलासम्म किसानहरुले विषेश ख्याल गर्नुपर्ने बताए । 

    ‘बर्षायामसँगै किसानहरु व्यस्त हुने दिन सुरु भएको छ । बिउबिजन, मलखाद र बिषादीमा बिशेष ख्याल गर्नुपर्ने हुन्छ ।’ उनले भने, ‘राज्यले सिफारीस गरेका बिउबिजन, प्राङ्गारिक मल तथा गड्यौला मलको प्रयोग बढि गर्न र रासायनिक मल कम प्रयोग गर्न म किसान दाजुभाई दिदीबहिनीहरुलाई आग्रह गर्दछु ।’ विषाधि कम प्रयोग गर्ने र सकेसम्म प्राकृतिक विषधिको प्रयोग गर्न सके त्यसले मानव स्वास्थ्यलाई असर नगर्ने उनले बताए ।  

    कार्यक्रममा कृषि ज्ञानकेन्द्र रुपन्देहीका कृषि प्राविधिक अनिल बानियाँ र देवदह नगरपालिका कृषि शाखाका पविन्द्र मल्लले कृषि सम्बन्धि विभिन्न विषयमा सहजिकरण गरेका थिए । 

    स्थानीय ४० भन्दा बढि किसानहरुको सहभागिता रहेको कार्यक्रम सहकारी संस्थाका अध्यक्ष दिपक पौडेलको अध्यक्षता र प्रवन्धक सीता अधिकारीको सञ्चालनमा भएको हो । 

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।