Logo

२०८३, श्रावण २७गते


images
images

लुम्बिनी प्रदेश मन्त्री राना र गुल्मी काङ्ग्रेस बीच अन्तरक्रिया

लुम्बिनी प्रदेश मन्त्री राना र गुल्मी काङ्ग्रेस बीच अन्तरक्रिया

images
  • लुम्बिनी प्रदेश मन्त्री राना र गुल्मी काङ्ग्रेस बीच अन्तरक्रिया
    images
    images

    सन्तोष महतारा,गुल्मी। नेपाली काङ्ग्रेस पाल्पाका निवर्तमान सभापति तथा लुम्बिनी प्रदेशकाका उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वीर बहादुर राना, नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेश उपसभापति भुवन प्रसाद श्रेष्ठ र  नेपाली काङ्ग्रेस गुल्मीबीच अन्तरक्रिया गरिएकाे छ । विभिन्न कार्यक्रममा सहभागी हुन गुल्मी आएका काङ्ग्रेस नेता रानासँग नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेशका उपसभापति श्रेष्ठ र नेपाली काङ्ग्रेस गुल्मीबीच अन्तरक्रिया गरिएको हो ।

    images
    images
    images

     अन्तरक्रियाकाे क्रममा गुल्मी अस्पतालकाे नाजुक अवस्था, जिल्लाका अन्य विकास निर्माणका याेजनाहरु, लुम्बिनी प्रदेशको राष्ट्रिय सभा सदस्यको निर्वाचन, आउँदाे स्थानीय तह र प्रदेशकाे निर्वाचन, ५ दलीय गठबन्धनकाे प्रदेश तहको अवस्था र समसामयिक बिषयवस्तुकाे सम्बन्धमा छलफल गरिएको नेपाली काङ्ग्रेस गुल्मीले जनाएको छ । 

    images
    images
    images

    नेपाली काङ्ग्रेस गुल्मीले उर्जा, जलस्रोत र सिँचाइ सम्बन्धि गुल्मीमा भएका समस्याहरु मन्त्री रानासामु राखेका थिए । नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेशका उपसभापति भुवन प्रसाद श्रेष्ठले मन्त्रालयबाट गुल्मीसहित समग्र लुम्बिनी प्रदेशमा जनताको भावना बुझेर सहयोग गर्न आग्रह गरेका थिए । 

    images
    images
    images

    नेपाली काङ्ग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीले गुल्मी जिल्लाबाट प्रदेश तथा केन्द्रमा पटकपटक थुप्रै मन्त्रीहरु बनेपनि सर्वसाधारणकाे जीविकोपार्जनसँग जाेडिएर केही काम नभएकोले त्यसतर्फ प्रदेशले ध्यान दिनकाे लागि मन्त्री रानालाई आग्रह गरेका थिए । जिल्ला सभापति पन्थीले विकास निर्माणको सन्दर्भमा प्रदेशभर एकैनाशले अघि बढ्न आग्रह गरे । 

    अन्तरक्रिया कार्यक्रममा बाेल्दै नेपाली काङ्ग्रेस पाल्पाका निवर्तमान सभापति तथा लुम्बिनी प्रदेशका उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री रानाले आफ्नो मन्त्रालयबाट हुने सबै काम पारदर्शी, समानुपातिक तथा जनताको भावना अनुरुप काम हुने बताएका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # अन्तरक्रिया
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।