Logo

२०८३, आश्विन १२गते


images
images

‘गण्डकी प्रदेशमा मानव वेचविखनको अवस्था र स्थिति विषयक अन्तरक्रिया

‘गण्डकी प्रदेशमा मानव वेचविखनको अवस्था र स्थिति विषयक अन्तरक्रिया

images
  • सेतोमसी सहकर्मी
  • ‘गण्डकी प्रदेशमा मानव वेचविखनको अवस्था र स्थिति विषयक अन्तरक्रिया
    images
    images

    राजेश पराजुली, पोखरा । सरोकारवालाहरुले गण्डकी प्रदेशमा मानव बेचविखनको स्वरुप फेरिएको बताएका छन् । पोखरा थिएटरमा आइतबार भएको ‘गण्डकी प्रदेशमा मानव वेचविखनको अवस्था र स्थिति विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी वक्ताहरुले अहिले गण्डकीमा मानव बेचविखनको स्वरुप फेरिएपनि अवस्था उस्तै रहेको बताएका हुन् ।

    images
    images
    images

    कार्यक्रममा शक्ति समूह नेपालकी अध्यक्ष चरिमाया तामाङले मानव बेचविखनको स्वरुप र तरिका फेरिएपनि अवस्था उस्तै रहेको बताइन् । उनले होटल, स्पा, रेष्टुरेन्ट जस्ता कुरालाई व्यवस्थित तरिकाले लग्न नसक्दा समाजमा मानव बेचविखन विस्तार हुँदै गएको उल्लेख गरिन् ।

    images
    images
    images

    पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङले होटल, स्पा, रेष्टुरेन्टमा हुने अवैध गतिविधिको अनुगमन गरिरहेको बताइन् । कारवाहीको अधिकार स्थानीय तहलाई नहुँदा अनुगमन प्रभावकारी हुन नसकेको उनले सुनाइन् । ‘हामी अनुगमन त गर्छौं । तर, हामीलाई कारवाहीको अधिकारी नहुँदा अनुगमन प्रभावकारी हुन सकेको छैन ।’

    images
    images
    images

    अहिले पनि बेचविखनमा परेका पीडितहरु समाजमा पुनस्र्थापना हुन कठिन हुने अवस्था रहेको शक्ति समूह नेपालकी हरिमायाले सुनाइन् । पोखरा महानगरकी उपप्रमुख मञ्जुदेवीले मानव बेचबिखनमा परेकाहरुलाई समाजमा पुनस्र्थापनाका लागि महानगरले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताइन् । उनले पीडितलाई लक्षित गर्दै सञ्चालन गरेको कार्यक्रमले उनीहरुलाई पुनस्र्थापना हुन सजिलो भएको दाबी गरिन् ।

    कास्की प्रहरी प्रमुख एसपी मोहनकुमार थापाले रात्रिकालिन मनोरञ्जनमा वेश्यावृत्तिका लागि बढी मानव बेचविखन हुने गरेको बताए । ‘वेश्यावृत्तिका लागि बढी बेचविखन भएको देखिन्छ । त्यसमा पनि १८ वर्षभन्दा मुनिका बालबालिका बढी पीडित भएको देखिन्छ,’ उनले भने, ‘खाजाघर, रेस्टुरेन्ट, दोहोरी जस्ता रात्रिकालिन मनोरञ्जनमा वेश्यावृत्तिका लागि मानव बेचविखन भएको पाइन्छ ।’

    प्रदेशमा छुट्टै कानुन नबनाएपनि मानव बेचविखनको विषय छलफल हुने गरेको प्रदेश सभा सदस्य सरस्वती गुरुङले बताइन् । ‘कसरी मानव बेचविखनलाई कम गर्न सक्छौं भनेर समितिमा छलफल गरिराखेका छौं । आफ्नो छुट्टै ऐन चाहिँ गण्डकी प्रदेशले बनाउन सकेको छैन । मानव बेचविखनको कुरा संविधानको धाराअनुसार नै गर्नुपर्ने हुँदा त्यसमा हामीले बनाएका छैनौं,’ उनले भनिन् ।

    सरकारी वकिल कार्यालय कास्कीका न्यायाधिवक्ता गोपालप्रसाद ढकालले गोपनियताका डरले पनि मानव बेचविखनको घटना बाहिर नआउने गरेको बताए । ‘बाहिर जान खोज्नुहुन्न । सक्नुहुन्न । सूचनाका कारणले, सचेतनाको कमीले पनि बाहिर आउन सकेको छैनन्,’ उनले भने ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।