Logo

२०८३, आश्विन १२गते


images
images

गुल्मीमा नेपाली कांग्रेसको आगामी रणनीति र जिम्मेवारी सम्बन्धमा अन्तरक्रिया

गुल्मीमा नेपाली कांग्रेसको आगामी रणनीति र जिम्मेवारी सम्बन्धमा अन्तरक्रिया

images
  • गुल्मीमा नेपाली कांग्रेसको  आगामी रणनीति र जिम्मेवारी सम्बन्धमा अन्तरक्रिया
    images
    images

    सन्तोष महतारा, गुल्मी । गुल्मीमा नेपाली काङ्ग्रेसले आगामी रणनीति र जिम्मेवारी सम्बन्धमा अन्तरक्रिया गरेको छ । जिल्लाकाे निर्वाचन क्षेत्र नम्बर २ काे प्रदेश सभा 'ख' अन्तर्गत रहेको  नेपाली काङ्ग्रेस प्रदेश कार्यसमितिकाे आयोजनामा आगामी रणनीति र जिम्मेवारी सम्बन्धमा अन्तरक्रिया गरिएको हो । 

    images
    images
    images

    अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथि नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य चन्द्र केसीले प्रदेश कार्यसमितिले जिम्मेवारीपूर्वक संगठन निर्माण गरेमा काङ्ग्रेस बलियो बन्ने बताए । आगामी रणनीति आउँदो तिनै तहको निर्वाचनमा केन्द्रित बनाउन आग्रह गर्दै प्रमुख अतिथि नेपाली काङ्ग्रेस केन्द्रीय सदस्य केसीले सबै तहका संगठन सँग समन्वय गरेर काङ्ग्रेसलाई बलियो बनाउन प्रदेश कार्यसमितिकाे भूमिका महत्त्वपूर्ण हुने भन्दै सक्रिय भएर गाउँगाउँमा जान नेता कार्यकर्तालाई आग्रह गरे । 

    images
    images
    images

    कार्यक्रममा बिशेष अतिथि नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेशका उपसभापति भुवन प्रसाद श्रेष्ठले राजनीतिमा त्याग गर्नेले मात्र जनताको मनाेभावाना बुझेर काम गर्ने भएकोले ब्याक्तिगत स्वार्थ त्याग गर्न आवश्यक रहेको बताए । नेपाली काङ्ग्रेस गुल्मीका निवर्तमान सभापति समेत रहेका बिशेष अतिथि श्रेष्ठले तिनै तहको निर्वाचन लक्षित रणनीतिले मात्र काङ्ग्रेसकाे लक्ष्य पूरा हुने भएकोले सबै तहका संगठन सक्रिय भएर एकताबद्ध हुन आवश्यक रहेको बताएका थिए । 

    images
    images
    images

    कार्यक्रममा बिशेष अतिथि नेपाली काङ्ग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीले काङ्ग्रेसलाई सुदृढीकरण गर्न सबै गम्भीर हुनुपर्ने बताए । गुल्मीमा नेपाली काङ्ग्रेसलाई पहिलो पार्टी बनाएर अगाडि बढ्ने आफ्नो मुख्य ध्येय रहेको भन्दै जिल्ला सभापति पन्थीले प्रदेश स्तरीय नेता कार्यकर्तालाई गम्भीर भएर संगठन निर्माणमा लाग्न आग्रह गरेका थिए ।
     
    कार्यक्रममा प्रदेश कार्यसमितिकाे आगामी रणनीतिबारे कार्यसमितिले केन्द्र, प्रदेश र जिल्ला स्तरीय नेताहरूलाई जानकारी गराएको थियो । साथै नेताहरुले प्रदेश कार्यसमितिकाे जिम्मेवारीकाे बारेमा जानकारी गराएका थिए । उक्त बिषयमा नेता तथा कार्यकर्ताहरु बीच लामो समय छलफल तथा अन्तरक्रिया समेत भएको थियो । 

    अन्तरक्रिया कार्यक्रममा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य चन्द्र केसी, लुम्बिनी प्रदेश उपसभापति भुवन प्रसाद श्रेष्ठ, गुल्मी  जिल्ला सभापति खिलध्वज पन्थी,  लुम्बिनी प्रदेश सदस्य माधव खरेल लगायतका नेता  तथा कार्यकर्ताहरुकाे उपस्थिति रहेको थियो ।   नेपाली काङ्ग्रेस गुल्मी क्षेत्र नम्बर २ प्रदेश सभा 'ख' का सभापति रेखा कुमार जिसीकाे सभापतित्वमा सुरु भएको कार्यक्रममा प्रदेश प्रतिनिधि प्रकाश पाेखरेलकाे स्वागत मनतब्य रहेको थियो । कार्यक्रमकाे संचालन नेपाली काङ्ग्रेस गुल्मी क्षेत्र नम्बर २ प्रदेश सभा 'ख' का सचिव रामचन्द्र पाेखरेलले गरेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # अन्तरक्रिया
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।