Logo

२०८३, श्रावण ३०गते


images
images

सगरमाथामा शिक्षक अभिभावक अन्तरक्रिया

सगरमाथामा शिक्षक अभिभावक अन्तरक्रिया

images
  • सगरमाथामा शिक्षक अभिभावक अन्तरक्रिया
    images
    images

    देवदह ।  सगरमाथा आवासीय मा.वि. देवदह —७ शीतलनगरले कक्षा सातमा अध्ययनरत विद्यार्थीहरुका अभिभावक र शिक्षकहरु बिच अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न गरेको छ ।

    images
    images
    images

    विद्यार्थीको सिकाइ प्रक्रियामा घरको वातावरण अनुकूल हुनुपर्ने भएकाले वार्षिक शैक्षिक नीति तय गर्दा अभिभावकहरुको समेत सुझावलाई समावेश गर्ने उद्देश्यले राखिएकोे उक्त कार्यक्रममा कक्षा शिक्षकहरु अजिमा पराजुली र मिनु घिमिरेले आ–आफ्नो कक्षाका विद्यार्थीहरुको समष्टिगत विवरण प्रस्तुत गरे । 

    images
    images
    images

    कार्यक्रममा बोल्ने अधिकांश अभिभावकहरुले विद्यार्थीहरुको सिर्जनात्मक क्षमताको वृद्धि गर्न विद्यालयले विशेष ध्यान दिनुपर्ने बताए । 

    images
    images
    images

    कार्यक्रमलाई सम्वोधन गर्दै प्राचार्य कृष्ण प्रसाद पौडेलले कम उमेर समूहका बालबालिकालाइ उमेर अनुसार देखापर्ने परिवर्तन र सामाजिक तथा पारिवारिक दायित्व बोध गर्न व्यवहारिक ज्ञानको आवश्यकता औल्याए । पौडेलले विद्यार्थीको मनोविज्ञानको अध्ययन गरी शिक्षण सिकाई क्रियाकलाप अगाडि बढाउनुपर्ने कुरामा जोड दिए ।

     त्यसैगरी कार्यक्रमका प्रमुख अतिथि कान्तिपुर बालविकास केन्द्रका सि.इ.ओ भिष्म मणी पाण्डेयले  बालबालिकाको मनोवैज्ञानीक पक्षलाई अभिभावकले बुझी सहज वातावरण निर्माण गर्नुपर्ने बताए । 

    कार्यक्रममा अभिभावक संघ नेपालका केन्द्रिय सदस्य श्री लोकनाथ ज्ञावलीले अभिभावकको भूमिका बढि हुनेमा जोड दिए ।

    विद्यालयका ५० बढी अभिभावकहरु उपस्थित उक्त कार्यक्रम प्राचार्य कृष्ण प्रसाद पौडेलको अध्यक्षता र सह प्राचार्य प्रदिप अधिकारीकोे सञ्चालनमा सम्पन्न भएको हो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।