देवदह । सगरमाथा आवासीय माध्यमिक विद्यालयको ३१ औं वार्षिकोत्सवको अवसरमा आयोजित जिल्ला स्तरीय कविता रचना तथा वाचन प्रतियोगितामा न्यू होराइजन आवासीय मावि प्रथम भएको छ । शुक्रवार विद्यालय प्राङ्गणमा भएको प्रतियोगितामा १३ विद्यार्थीमध्ये उत्कृष्ट कविता लेखन र वाचन गर्दै न्यू होराइजनका विशेषजंग कार्की प्रथम भएका हुन् ।
प्रतियोगितामा एभरेष्ट स्कुलकी विद्यार्थी आसुतोस भुसाल दोस्रो, ग्रीन प्लान्ट माविकी स्वीकृति न्यौपाने तेस्रो तथा गिर्वाण सरस्वती संस्कृत तथा साधारण माविका सुवास काफ्ले सान्त्वना भएका छन् ।
प्रतियोगितामा प्रथम हुनेलाई १० हजार, दोस्रोलाई सात हजार, तेस्रोलाई पाँच हजार र सान्त्वनालाई तीन हजार नगदसहित टर्फी र प्रमाणपत्र प्रदान गरिएको विद्यालयका सह-प्राचार्य प्रदिप अधिकारीले जनाकारी दिए ।
प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीलाई वरिष्ठ साहित्यकार डा. घनश्याम परिश्रमी, विद्यालयका प्राचार्य कृष्ण प्रसाद पौडेल, अध्यक्ष डिल्लीराज मरासिनी लगायतले पुरस्कार वितरण गरेका थिए ।
फाल्गुन ७ गते वार्षिकोत्सव एवम् अभिभावक दिवस मनाउने तयारी गरिरहेको सगरमाथाले सप्ताहव्यापी रुपमा खेलकुद र साहित्यका कार्यक्रम सञ्चालन गरिरहेको छ ।
विद्यालयले माघ २८ र २९ गते देवदह नगरपालिका स्तरीय अन्तर मावि सगरमाथा छात्रा भलिवल प्रतियोगिता सम्पन्न गरिसकेको छ । यसैगरी फाल्गुन २ देखि ४ गतेसम्म निशुल्क बृहत् स्वास्थ्य शिविर, ५ गते अभिभावक खेलकुद कार्यक्रम र फाल्गुन ६ गते पुरस्कार वितरण तथा साँस्कृतिक कार्यक्रमसहित फाल्गुन ७ गते ३१औँ वार्षिकोत्सव मूल समारोह सञ्चालन गर्ने विद्यालयले जनाइएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology