Logo

२०८३, श्रावण ३०गते


images
images

५ प्रदेशमा भारी वर्षाकाे सम्भावना, ४ प्रदेशमा हावाहुरीसमेत चल्ने

५ प्रदेशमा भारी वर्षाकाे सम्भावना, ४ प्रदेशमा हावाहुरीसमेत चल्ने

images
  • ५ प्रदेशमा भारी वर्षाकाे सम्भावना, ४ प्रदेशमा हावाहुरीसमेत चल्ने
    फाइल फोटो
    images
    images

    काठमाडौं । आज विभिन्न ५ प्रदेशमा भारी वर्षा र ४ प्रदेशमा हावाहुरीसमेतकाे सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले सुझाव दिएको छ । कोशी, मधेस, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा चट्याङ्गसहित भीषण वर्षा हुनसक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

    images
    images
    images

    लुम्बिनी, गण्डकी र बागमती प्रदेशको तराई भूभाग र मधेस प्रदेशका थोरै स्थानमा हावा हुरीसमेत चल्न सक्छ ।

    images
    images
    images

    भीषण वर्षाका कारण नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भूक्षय तथा हावाहुरीजस्ता प्रकोप हुन सक्ने भएकाले जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले सुझाव दिएकाे हाे । 

    images
    images
    images

    आज सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । 

    राति कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा चट्याङ्गसहित भारी वर्षा हुनसक्ने मौसमविद्ले बताएका छन् । रातको समयमा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा हावाहुरी चल्न सक्ने भएकाले सतर्क रहन आग्रह गरिएको छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # भारी वर्षा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।