Logo

२०८३, आश्विन ९गते


images
images

'प्रचण्ड स्वघोषित नेता मात्रै हो' : एमाले नेता रायमाझी

'प्रचण्ड स्वघोषित नेता मात्रै हो' : एमाले नेता रायमाझी

images
  • 'प्रचण्ड स्वघोषित नेता मात्रै हो' : एमाले नेता रायमाझी
    images
    images

    काठमाडौं । नेकपा एमाले ओली समुहका नेता टोपबहादुर रायमाझीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड स्वघोषित नेता मात्रै भएको आरोप लगाएका छन् ।

    images
    images
    images

    सर्वोच्च अदालतको फैसलापछि नेकपा माओवादी केन्द्र छोडेर नेकपा एमाले प्रवेश गरेका उनले शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रचण्डकै कार्यशैलीका कारण पार्टी कमजोर हुँदै गएको र आफूहरुले त्यही कार्यशैलीको विरोध गर्दै आएको बताए ।

    images
    images
    images

    ‘गएको चुनावमा नेकपा एमालेसंग नमिलेको हुन्थ्यो भने कतिऔं पार्टी हुन्थ्यो । त्यो कसको कारणले भयो ? जुन पार्टीको नेता ३३ वर्षसम्म कुनै विचार, कुनै विधि विना, कुनै प्रक्रियामा नजाने, कुनै सिस्टममा नजाने, स्वघोषित नेता भएर बसेको इतिहास पाउन गाह्रो छ’ उनले भने ।

    images
    images
    images

    नेता रायमाझीले विगत ३३ बर्षदेखि विना विचार, विधि र प्रक्रिया विना नै अध्यक्ष प्रचण्ड स्वघोषित रुपमा नेतृत्वमा बसिरहेको आरोप लगाए । अझै शान्ति प्रक्रियामा आइसकेपछि पनि पार्टीलाई व्यभिचार किसिमले, व्यक्तिवादी तरिकाले, निरंकुश तरिकाले सञ्चालन गरियो त्यसकारणले पार्टी कमजोर हुदै गयो । किन कमजोर भयो ? विचारमा, विधिमा ध्यान गएन । कार्यशैली पनि ठीक भएन’ उनले भने ।

    माओवादी पार्टीले गरेको योगदानलाई कदर गर्नुपर्छ र कमजोरीलाई करेक्सन गर्नुपर्छ भनेर आफूहरु संघर्ष गरिरहेको उनले स्पष्ट पारे । नेकपा माओवादी केन्द्रको कार्यशैली राजनीतिक दल सम्बन्धी ऐनमा भएको व्यवस्था प्रतिकुल भएको दाबी रायमाझीले बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।