काठमाडौ । एन्जल डि मारियाको निर्णायक गोलले कोपा अमेरिका कप अर्जेन्टिनाले जितेको छ ।पहिलो हाफको २२ औं मिनेटमा हानिएको उक्त गोल नै निर्णायक गोल बनेको हो ।
१९९३ मा यो उपाधि जितेको अर्जेन्टिनाले २८ वर्षपछि कोपा अमेरिका कप जितेको हो । त्यसयता, अन्तर्राष्ट्रिय फुटबलमा अर्जेन्टिना उपाधि विहिन बन्दै आएको थियो ।
त्यस्तै, कप्तान लियोनल मेसीले देशबाट जितेको यो पहिलो प्रमुख उपाधि पनि हो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology