Logo

२०८३, श्रावण ३०गते


images
images

पदभारग्रहण गर्दै ल्हारक्यालले भने - 'लुम्बिनीको इज्जतमा दाग लाग्न दिन्न'

पदभारग्रहण गर्दै ल्हारक्यालले भने - 'लुम्बिनीको इज्जतमा दाग लाग्न दिन्न'

images
  • पदभारग्रहण गर्दै ल्हारक्यालले भने - 'लुम्बिनीको इज्जतमा दाग लाग्न दिन्न'
    images
    images

    लुम्बिनी । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.ल्हारक्याल लामा (खेन्पो छिमे छिरिङ)ले बिहीबार पदभार ग्रहण गरेका छन्। लुम्बिनीस्थित कोषको कार्यालयमा उनले पदभारग्रहण गरी औपचारिक कार्यभार सुरु गरेका हुन्।

    images
    images
    images

    उपाध्यक्षमा नियुक्त भएपछि विवादित बनेका ल्हारक्याले कार्यभार समाल्दै आफू लुम्बिनीको इज्जतमा दाग लाग्न नदिने बताए। गौतम बुद्ध र मायादेवीलाई साक्षी राखेर लुम्बिनी जस्तो पवित्र ठाउँको बदनाम नगर्ने उनले बताए।

    images
    images
    images

    उनले आफू लामो समयदेखि बुद्धमार्गमा हिँड्दै बुद्धकै सन्देश फैलाउने काम गरेको भन्दै उपाध्यक्षको भूमिकामा रहँदा लुम्बिनीलाई अन्तर्राष्ट्रियस्तरसम्म प्रचार गर्ने बताए। उनले बुद्धजन्मस्थलाई विश्वले नै श्रद्धाका साथ हेर्ने थलो भएकाले यसको गरिमा बढाउने गरि काम गर्न पदाधिकारी, कर्मचारी र स्थानीयहरूसँग हातेमालो गरिने उनको भनाइ थियो।

    images
    images
    images

    उनले आफ्नो बुद्धि, विवेक र क्षमताले भ्याएसम्म कुनै पनि प्रकारको गलत काम नगर्ने बताए। ‘मान्छे हो, कहिलेकाँही बुझाइमा समस्या हुनसक्ला तर, मेरो बुद्धि विवेकले भ्याएसम्म लुम्बिनीको इज्जत जाने कुनै काम गर्ने छैन,’ उनले भने, ‘व्यक्तिगत लाभ लिने काम गर्नेछैन।’

    उपाध्यक्ष लामाले विश्वमा मानव रहँदासम्म बुद्ध र लुम्बिनीको महत्त्व रहने बताउँदै विश्वभरका पर्यटकलाई लुम्बिनी ल्याउने वातावरणका लागि आफूले हालसम्म प्राप्त गरेको अनुभवहरू प्रयोग गर्ने बताए।

    नवनियुक्त लामालाई कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण), सदस्य सचिव सानुराजा शाक्य, योजना प्रमुख सरोज भट्टराई, प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राईलगायतले स्वागत गरे।

    सो क्रममा कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण)ले बौद्धदर्शनमा विद्यावारिधी गरेका अनुभवी व्यक्तिलाई उपाध्यक्षका रूपमा पाएको भन्दै लुम्बिनी बनाउने काममा सबै एकजुट भएर लाग्नुपर्ने बताए।

    कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता एवं पूर्वमन्त्री वकिल मुसलमानले डा. ल्हारकाल लामा काम गर्ने व्यक्ति भएको बताए। काम गर्ने वातावरण बनाउनुपर्ने उनको भनाइ थियो। कोषका सदस्य सचिव सानुराजा शाक्यले लुम्बिनीको कार्यक्षेत्र ठूलो रहेको र सीमति साधन स्रोतबाट काम भइरहेकाले बाँकी काम नवनियुक्त उपाध्यक्षको नेतृत्वमा हुने विश्वास लिए।

    उपाध्यक्ष लामाले बुद्धजन्मस्थल लुम्बिनीबाट ७ किमि दक्षिण निपनियास्थित दानव नदी किनारमा बाढीको जोखिममा रहेको कुषाणकालिन इट्टाले बनेको इनारको उद्धार संरक्षण उत्खनन गर्ने निर्णय सदर गरेका छन्।

    यसअघिका उपाध्यक्ष भिक्षु मैत्तय (अवधेश त्रिपाठी)को कार्यकाल साउन ९ गते सकिएपछि प्रचण्ड नेतृत्वको सरकारले साउन १६ गते डा. लामालाई उपाध्यक्षमा नियुक्त गरेको हो। पूर्वराज्यमन्त्री तथा संविधानसभा सदस्यसमेत रहेका डा. लामा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य हुन्।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।