Logo

२०८३, श्रावण ३०गते


images
images

अविरल बर्षाका कारण कृष्णनगर डुबानमा

अविरल बर्षाका कारण कृष्णनगर डुबानमा

images
  • सेतोमसी सहकर्मी
  • अविरल बर्षाका कारण कृष्णनगर डुबानमा
    फोटो : प्रिन्स मिश्रा/सेतोमसी
    images
    images

    प्रिन्स मिश्रा, कपिलवस्तु । विगत केही देखिकाे अविरल वर्षाका कारण जिल्लाकाे कृष्णनगर बजार क्षेत्र डुबानमा परेको छ । कृष्णनगर वडा नं. २ को मस्जिद रोड, नगरपालिका रोड, बैङ्क रोड लगायत बजार क्षेत्र डुबानमा परेको हो । 

    images
    images
    images

    अवैध अतिक्रमणका कारण पानी निकासको लागि नाली निर्माण हुन नसकेकाेले बजार क्षेत्र डुबानमा परेको नगरपालिका स्राेतले जनाएको छ ।
    बर्षेनि डुबानमा पर्ने गरेकाेले ढल निकास निर्माणका लागि आर्थिक बर्ष २०७८/७९ मा १ करोड बजेट विनियोजन गरिएको नगर प्रमुख रजत प्रताप शाहले जनाउनुभयो ।  शिवविडी फैक्ट्रिदेखी सिनेमा हल हुँदै सेमरासम्म २ मिटर चौडाइ रहने गरी ढल निकास बनाउन थप १ करोड बजेट छुट्ट्याउन लागिएको नगर प्रमुख शाहले बताए । 

    images
    images
    images

    स्थानीय तहको निर्वाचनपछि सुरुको तीन वर्षमा सडक विभागले ठेक्का गरेकाे कृष्णनगर बजारभित्रकाे ८ किलाेमिटर बाटाे र नाला तथा कृष्णनगर-चन्द्राैटा सडकखण्डकाे २० किलोमिटर बाटाे बनाउने स्पष्ट थियाे तर सडक बिभाग बजारकाे बाटाे र नालि निर्माण गर्न आफै पछि हटेकाले नगरपालिकाले बैंक राेड र नगरपालिका राेड बनाउन शुरु गरेकाे हाे ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कपिलवस्तु
  • # कृष्णनगर
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।