Logo

२०८३, श्रावण ३०गते


images
images

लुम्बिनी : बढ्दै पर्यटक, थपिँदै उत्साह

लुम्बिनी : बढ्दै पर्यटक, थपिँदै उत्साह

images
  • लुम्बिनी : बढ्दै पर्यटक, थपिँदै उत्साह
    images
    images

    रुपन्देही । बुद्धजन्मस्थल लुम्बिनीमा पर्यटक आवागमन बृद्धि हुँदै गएको छ । कोभिड महामारीपछि भारी मात्रामा कटौती भएको विदेशी पर्यटकको संख्या पछिल्लो एक वर्षमा निकै उत्साहजनक रुपमा बृद्धि भएको छ ।

    images
    images
    images

    लुम्बिनी विकास कोषको सूचना शाखाका अनुसार सन् २०२३ को जुलाई महिनासम्म नेपाली, भारतीय र अन्य मुलुकका गरि ५ लाख ६० हजार ३ सय २५ जनाले लुम्बिनी भ्रमण गरेका छन् । गत वर्ष सन् २०२२ मा जुलाई महिनासम्म ४ लाख ६५ हजार ९ सय ७९ जना पर्यटक लुम्बिनी आएका थिए ।

    images
    images
    images

    यो हिसाबले गत वर्षभन्दा ९४ हजार ३४६ बढि पर्यटकले लुम्बिनी भ्रमण गरेको तथ्यांकले देखाएको छ ।  गत वर्षको तुलनामा यो वर्ष लुम्बिनी भ्रमण गर्ने पर्यटकको संख्या उत्साहजनक रुपमा बृद्धि भएको कोषका सूचना तथा जनसम्पर्क अधिकृत डा. हरिध्वज राईले जानकारी दिए । उनले नेपाली, भारतीयसँगै सबैभन्दा बढि तेस्रो मुलुकका पर्यटकहरुको आवागमन बृद्धि भएको देखिएको बताए । उनका अनुसार गत वर्ष जुलाईसम्म नेपाली पर्यटकले ३ लाख ५५ हजार पर्यटकले लुम्बिनी भ्रमण गरेकोमा यो वर्ष त्यो संख्या बृद्धि भएर ३ लाख ७९ हजार पुगेको छ ।

    images
    images
    images

    त्यस्तै गत वर्ष भारतीयहरु पर्यटकको  संख्या १ लाख ६ हजार भएकोमा यो वर्षको जुलाईसम्म १ लाख ४३ हजारले भ्रमण गरिसकेको अधिकृत राईले बताए । कोभिड महामारीपछि सबैभन्दा निकै कम मात्रामा आएका पासपोर्टधारी पर्यटक अर्थात नेपाल र भारत वाहेकका पर्यटकको संख्या यो वर्ष निकै उत्साहप्रद रुपमा बृद्धि भएको सूचना अधिकृत राईले बताए । उनका अनुसार गत वर्ष जुलाईसम्म ३ हजार ९ ७५ पर्यटकले लुम्बिनी पाईला टेकेकोमा यो वर्ष संख्या हवात्तै बृद्धि भएर ३६ हजार ९९७  पुगेको छ । यो ८ सय ३० प्रतिशले बृद्धि भएको हो । कोभिडको समयमा विश्व घुम्न नपाएकाहरु विस्तारै भ्रमणमा निस्कन थालेकाले पर्यटक संख्या बृद्धि भएको उनको भनाई छ ।

    युक्रेन रुस युद्धका कारणले पनि शान्ति खोज्दै शान्तिभूमि लुम्बिनी भ्रमणमा आएको देखिएको उनले बताए । थाईल्याण्ड, श्रीलंका, म्यानमार, साउन कोरिया र चिन रहेका छन । यसका साथै जर्मनी र फ्रान्सबाट समेत पर्यटकहरु लुम्बिनी भ्रमणमा आएका छन । बुद्धजन्मस्थल लुम्बिनीमा पर्यटकको आवागमन बृद्धि हुँदै गएकाले सन् २०२३ को अन्तिमसम्म २० प्रतिशतसम्म बृद्धि हुनसक्ने अनुमान गरिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।