Logo

२०८३, श्रावण ३०गते


images
images

मन्त्रीहरुलाई हरेक महिना प्रगति विवरण बुझाउन भनेको छु : प्रधानमन्त्री प्रचण्ड

मन्त्रीहरुलाई हरेक महिना प्रगति विवरण बुझाउन भनेको छु : प्रधानमन्त्री प्रचण्ड

images
  • मन्त्रीहरुलाई हरेक महिना प्रगति विवरण बुझाउन भनेको छु : प्रधानमन्त्री प्रचण्ड
    images
    images

    चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हरेक मन्त्रीहरुलाई नमूना कार्य गरेर देखाउन भन्दैं कार्य सम्पादन सम्झौता गरिएको बताएका छन् ।

    images
    images
    images

    चितवनको भरतपुर २२ पटिहानीमा अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले मन्त्रीहरुले हरेक महिना प्रगति विवरण बुझाउनुपर्ने गरी सम्झौता गरिएको बताए ।

    images
    images
    images

    अहिलेको सरकार सुशासन, न्याय र सम्वृद्धिको लागि दृढ भएर लागेको बताउँदै प्रधानमन्त्री प्रचण्डले नेपालमा सम्वृद्धिको यात्रा अगाडि बढाउँदै सुशासन कायम गरेर भष्ट्राचारको अन्त्य गर्न सरकार लागेको बताए ।

    images
    images
    images

    उनले बुढिगण्डकी लगायतका ठूला परियोजनाहरुको निर्माण कार्य अगाडि बढ्न लागेको जनाउँदै एउटै परियोजनाबाट १० हजार मेगावाटसम्म विद्युत निकाल्ने गरी काम भैरहेको बताए ।

    विदेशमा जाने युवा र स्वदेश भित्र नै केही उत्पादन गर्न चाहाने युवाहरुका पक्षमा सरकारले महत्वपूर्ण निर्णय गरेको प्रधानमन्त्री प्रचण्डको भनाईं छ ।

    शुक्रवार दिउँसो चितवन आएका प्रधानमन्त्री प्रचण्ड भरतपुर १४ स्थित आफैं घरमा बसेका छन् । उनी शनिबार चितवन नै रहने पारिवारिक स्रोतले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।