Logo

२०८३, श्रावण ३०गते


images
images

उपाध्यक्ष लामाद्धारा बृहत्तर लुम्बिनी क्षेत्रको निरीक्षण 

उपाध्यक्ष लामाद्धारा बृहत्तर लुम्बिनी क्षेत्रको निरीक्षण 

images
  • उपाध्यक्ष लामाद्धारा बृहत्तर लुम्बिनी क्षेत्रको निरीक्षण 
    images
    images

    लुम्बिनी ।  लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (प्रथम योल्मो खेन्पो छिमे छिरिङ) ले बृहत्तर लुम्बिनी क्षेत्रको निरीक्षण भ्रमण गरेका छन । शुक्रबार बुद्धले २९ वर्ष बिताएको प्राचिन तिलौराकोट दरबार क्षेत्र सहित कपिलबस्तुका बुद्धस्थलहरुको निरीक्षण गरेका हुन । 
    तिलौराकोट दरबार क्षेत्रको निरीक्षण गर्दै बुद्धको जीवनमा निकै महत्वपूर्ण स्थलका रुपमा रहेको यसको विकासमा ध्यान दिने बताए । उनले तिलौराकोट विश्व सम्पदा सूचीमा सूचिकृतको तयारीमा रहेको बताउँदै यसलाई पर्यटकमैत्री बनाउने तर्फ ध्यान दिने बताए ।

    images
    images
    images


    संविधानसभा सदस्य तथा पूर्व राज्यमन्त्री समेत रहेका डा. लामाले प्राचिन शाक्यहरुको राजधानी कपिलबस्तु निकै महत्वपूर्ण स्थल रहेकाले यहाँ तीर्थालुहरुलाई मध्यनजर गरी ध्यान तथा पूजा स्थल, बत्ती बाल्ने स्थान आवश्यक देखिएकाले पहल गर्ने बताए । उनले तिलौराकोट दरबारमा तत्तकाल दुवै साईडमा रहेका झाडी, बुट्यानहरुको सरसफाई, ध्यान तथा पूजा स्थल बनाउनका लागि पहल गर्ने बताए । डा. लामाले विश्वभरका बौद्धमार्गीहरुलाई एकपटक लुम्बिनीसँगै तिलौराकोट र रामग्राम लगायतका बृहत्तर लुम्बिनी क्षेत्रमा भ्रमणका लागि अनुरोध गरे । उनले बृहत्तर लुम्बिनी बुद्धिष्ट सर्किट बनाउने र यसको प्रबद्र्धन गरी अन्तर्राष्ट्रिय बजारमा प्रचारप्रसार गरि आगामी महिना देखी हजारौं धार्मिक पर्यटकहरु भित्राउन  सुरु गर्ने बताए ।

    images
    images
    images

    उपाध्यक्ष डा. लामाले ३ वटा बुद्ध नेपालमै जन्मिएको स्थल भएकाले निकै महत्वपूर्ण रहेको भन्दै तिलौराकोट, रामग्राम सहित बृहत्तर लुम्बिनी क्षेत्रको विकास गर्ने बताए । ‘म भर्खर आएको छु, पहिले यहाँको अवस्थाबारे जानकारी लिदै छु’ उपाध्यक्ष लामाले भने –‘स्थानीय, अगुवाहरु, पत्रकारहरुको सुझावका आधारमा बुद्धजन्मस्थल सहितका क्षेत्रहरुको विकास गर्नेछु ।’ उनले आफू परिणामुखी काम गर्ने गरी जिम्मेवारी समालेको बताए । 

    images
    images
    images


    उपाध्यक्ष डा.लामा सहितको समुहले कपिलवस्तुको तिलौराकोटसँगै कुदान, गोटीहवा, सगरहवा, निलिहवा, अरुणकोट, सिसनिया र जगदीशपुरता लगायत स्थानहरूको अबलोकन तथा निरीक्षण गरेको छ । निरीक्षणमा कोषका प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राईले प्राचिन कपिलबस्तु, तिलौराकोट दरबार र कपिलबस्तुका बौद्धस्थलहरुका बारेमा जानकारी गराएका थिए । निरीक्षणमा कोषका परिषद सदस्य गोपी कृष्ण शर्मा, तिलौराकोट इकाका माधवप्रसाद आचार्य लगायतको सहभागिता रहेको थियो । यसअघि  बिहीबार उपाध्यक्ष डा.लामाले भगवान् बुद्धको पवित्र अस्थिधातु रहेको ऐतिहासिक धार्मिक स्थल रामग्रामको अवलोकन एवं निरीक्षण गरेका थिए । 

    यस्तै बुद्धजन्मस्थल लुम्बिनी स्थित मायादेवि मन्दिर, अशोकस्तम्भ विहारखण्ड सकुर्लर लेभी, शान्तिदीप, शान्तिघण्ट, शान्तिस्तूप, फ्रेण्डसिप ब्रिज, संग्रहालय तथा लिरीआईलाई समेत पर्याटकमैत्री बनाउने र तत्काल माया देवी परिसरमा दर्शनार्थीलाइ दीप प्रज्वलन गर्ने व्यवस्था बनाउने गरी काम थाल्ने समेत उपाध्यक्ष लामाले प्रतिबद्धता जनाएका छन । लुम्बिनी विकास कोषको उपाध्यक्षको जिम्मेवारी समालेलगत्तै डा. लामाले कर्मचारीहरुसँग भेटघाट, कार्यालयहरुको योजना लगायतका बिषयमा जानकारी लिएका छन।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # उपाध्यक्ष लामा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।