Logo

२०८३, श्रावण ३०गते


images
images

बुद्धजन्मस्थलबारेको भ्रम तोडछु : उपाध्यक्ष लामा 

बुद्धजन्मस्थलबारेको भ्रम तोडछु : उपाध्यक्ष लामा 

images
  • बुद्धजन्मस्थलबारेको भ्रम तोडछु : उपाध्यक्ष लामा 
    images
    images

    लुम्बिनी । संविधानसभा सदस्य तथा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले (प्रथम योल्मो खेन्पो छिमे छिरिङ) ले अन्र्तराष्ट्रिय समुदायमा भगवान बुद्ध भारतमा जन्मेको भ्रम चिर्ने बताएका छन । उनले अन्र्तराष्ट्रिय समुदायमा अझै पनि बुद्ध नेपालमा नभई भारतमा जन्मेको भन्ने भ्रम रहेको बताउँदै आफुले काम गरेर त्यसलाई चिर्ने बताएका हुन । 

    images
    images
    images

    बुद्धको जन्मस्थल र २९ बर्ष बिताएको तिलौराकोटबारेको भ्रम चिरेर बुद्ध नेपालमा जन्मेको सन्देश विश्वव्यापी बनाउने उनको अठोट छ । बुद्धको गृहनगर प्राचिन कपिलबस्तुको राजधानी तिलौराकोटको आईतबार दोस्रो पटक निरीक्षण गर्दै उपाध्यक्ष लामाले यस्तो बताएका हुन । 

    images
    images
    images

    ‘तिलौराकोट भारतमा रहेको भ्रम हाम्रै सक्रियता, ज्ञान, अध्ययनले गर्नुपर्नेछ’ उपाध्यक्ष लामाले भने । उनले पुरातात्विक उत्खननको अभावले प्राचिन कपिलबस्तु पुष्टि गर्न ढिलाई भइरहेको बताउँदै त्यसलाई पुरातात्विक हिसाबले पुष्टि गर्ने बताए । सांस्कृतिक रुपमा भारतको अर्थ समथर भु–भाग रहेको हुँदा बंगलादेशदेखि नेपालसम्मको  समथर भु–भाग विभिन्न ग्रन्थहरुमा सांस्कृतिक रुपमा भारत उल्लेख भएको हुँदा यो बुद्धको जन्मबारे भ्रम सिर्जना भएको समेत उपाध्यक्ष लामाले प्रष्ट पारे । उनले बुद्ध नेपालमा जन्मिएको र गृहनगर, मावली समेत यहि रहेको कुरा विश्वभर फैलाउन आवश्यक रहेको बताए । 

    images
    images
    images

    उपाध्यक्ष लामाले अन्तर्राष्ट्रिय फोरमहरुमा समेत यो बिषय उठाउने गरेको बताउँदै आफ्नो कार्यकालमा बुद्धजन्मका बारेको भ्रमको अन्त्य गर्ने दावी गरे ।
     
    उपाध्यक्ष डा. लामाले तिलौराकोट बुद्धको जीवनसँग जोडिएको महत्वपूर्ण ऐतिहासिक स्थल रहेकाले यसको विकासमा आफू केन्द्रीत भएर लाग्ने बताए । तिलौराकोटमा बुद्धले बाल्यकाल बिताएको भूमि भएको र  करिब  २५ सय वर्षअघिको गणराज्य भएको हुदा यहाँको उत्खनन आवश्यक रहेको बताए ।  शुक्रबार मात्रै तिलौराकोट सहित कपिलबस्तुका बुद्धस्थलहरुको निरीक्षण गरेका उपाध्यक्ष लामाले सरसफाई गर्ने गरी प्रक्रिया शुरु गरेका छन । 

    आईतबार पुन उपाध्यक्ष लामा तिलौराकोट दरबार क्षेत्रको दुवै साईडमा रहेको बुट्यान र झाडी सरसफाईका लागि नेपाल आर्मी सहित कोषको टिमलाई लिएर तिलौराकोट पुगेका थिए । नेपाल आर्मीको सहयोगमा तिलौराकोट दरबार क्षेत्रमा रहेको झाडी सरसफाई गर्न समझदारी बनेको छ । 

    तिलौराकोट गौतम बुद्धका बुबा राजा शुद्धोधनको राजप्रसादले पनि चिनिन्छ ।  तिलौराकोटभित्र प्राचिन दरबार, पूर्वीद्वार र पश्चिमीद्वार सहित तीन भग्नावशेष छन् । यी स्थानमा प्राचीन इँट्टा र ढुंगा प्रशस्त मात्रामा देख्न सकिन्छ । लुम्बिनी विकास कोषले तिलौराकोटलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्नका लागि तयारी गरेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # उपाध्यक्ष लामा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।