Logo

२०८३, आश्विन १७गते


images
images

एसिया कप

एसिया कप सुरू, उद्घाटन खेलमा नेपाल र पाकिस्तान भिड्दै

एसिया कप सुरू, उद्घाटन खेलमा नेपाल र पाकिस्तान भिड्दै

images
  • एसिया कप सुरू, उद्घाटन खेलमा नेपाल र पाकिस्तान भिड्दै
    images
    images

    काठमाडौँ । एसिया कप क्रिकेट प्रतियोगिताको १६औं संस्करण आजदेखि सुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन खेलमा नवप्रवेशी नेपाल र पहिलो वरियताको पाकिस्तानबीच भिडन्त हुँदैछ । एसिया कपका खेलहरु सेप्टेम्बर १७ सम्म पाकिस्तान र श्रीलंकाका विभिन्न रंगशालामा खेलिनेछ ।   

    images
    images
    images

    एसिया कपमा नेपालले पहिलो पटक सहभागिता जनाउन लागेको हो । पाकिस्तानको भने एसिया कपमा १४औं सहभागिता हो । एकदिवसीय विश्वकपको पूर्व विजेतासमेत रहेको पाकिस्तानले हालसम्म दुई पटक एसिया कपको उपाधि पनि चुमिसकेको छ । 

    images
    images
    images

    एसिया कप सुरु हुनुभन्दा केहीअघि मात्र पाकिस्तान आईसीसी एकदिवसीय वरियताको पहिलो स्थानमा उक्लिएको छ ।

    images
    images
    images

    यो एसिया कपको समूहगत चरणमा नेपालका दुबै प्रतिद्वन्द्वी उस्तै छन् । समूह ‘ए’ मा रहेको नेपालको दोस्रो प्रतिद्वन्द्वी भनेको भारत हो । दुई पटकको एकदिवसीय विश्वकप विजेता र सर्वाधिक सात पटकको एसिया कप च्याम्पियन हो, भारत । विश्व क्रिकेटकै हस्ती भारतसँग नेपालले भदौ १८ गते श्रीलंकाको केन्डीमा आफ्नो दोस्रो खेल खेल्नेछ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।