Logo

२०८३, श्रावण ३१गते


images
images

नेपालको चुच्चे नक्सालाई मान्यता नदिएको भन्दै मेयर बालेनले गरे चीन भ्रमण रद्ध

नेपालको चुच्चे नक्सालाई मान्यता नदिएको भन्दै मेयर बालेनले गरे चीन भ्रमण रद्ध

images
  • नेपालको चुच्चे नक्सालाई मान्यता नदिएको भन्दै मेयर बालेनले गरे चीन भ्रमण रद्ध
    images
    images

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले चीन भ्रमण रद्ध गरेका छन्।  नेपालको चुच्चे नक्सालाई मान्यता नदिएको भन्दै मेयर साहले चीन भ्रमण रद्ध गराएका हुन्।

    images
    images
    images

    चीनले पछिल्लो समय सार्वजनिक गरेको नक्सामा नेपालको चुच्चे नक्सा हटाएर बुच्चे नक्सा राखेकोप्रति आपत्ती जनाउँदै मेयर बालेनले चीन भ्रमण रद्द गराएको जानकारी गराएका छन्।

    images
    images
    images

    चीनको निमन्त्रणामा उनी ५ दिने भ्रमणमा चीन जाँदै थिए ।

    images
    images
    images

    चुच्चे नक्सा झिकेर बुच्चे नक्सालाई कायम राख्नु नेपालीको संवदेशनशीलतामाथि चालेको गलत कदम बताउँदै मेयर साहले नैतिकताको आधारमा चीन भ्रमण रद्ध गरेको फेसबुकबाट जानकारी गराएका छन्।

    'हामी नेपालले  २०७७ साल जेठ ७ मा लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर नयाँ चुच्चे नक्सा निकालेका थियौं । नेपाली भू-भागलाई  चीनले  नेपाललाई नै नसोधी भारतको देखाउनु हाम्रो  संवेदनशीलतामाथि चालेको गलत कदम मानेका  छौं । त्यसैले आज मेरो,चीनको निमन्त्रणामा  हुँदै गरेको ५ दिने भ्रमण नैतिकताको आधारमा नजाने निर्णय गरेको छु ,'उनले फेसबुकमा लेखेका  छन्।

    केही दिन पहिले चीनको प्राकृतिक स्रोत मन्त्रालयले नेपालको चुच्चे नक्सालाई हटाएर पहिलेको बुच्चे नक्सा कायम गरी नेपालको नक्सा सार्वजनिक गरेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।