Logo

२०८३, श्रावण ३१गते


images
images

मेयर बालेनले हटाए विवादित स्ट्याटस

मेयर बालेनले हटाए विवादित स्ट्याटस

images
  • मेयर बालेनले हटाए विवादित स्ट्याटस
    फाइल फोटो
    images
    images

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहले ‘सिंहदरबार जलाउने’ विवादित स्ट्याटस सामाजिक सञ्जालबाट हटाएका छन् । चौतर्फी आलोचनापछि शाहले उक्त स्ट्याटस हटाएका हुन् ।

    images
    images
    images

    शनिबार साँझ आफ्नो पत्नी सवार सवारीलाई ट्राफिक प्रहरीले चेकिङका क्रममा रोकेपछि आक्रोशित बनेका शाहले अब आइन्दा आफ्नो गाडी रोके सिंहदरबारमा आगो लगाउने चेतावनी दिएका थिए । तर, जिम्मेवार ओहदामा बसेको व्यक्तिले गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै शाहको आलोचना भएको थियो ।

    images
    images
    images

    यता मेयर शाहका स्वकीय सचिव भूपदेव शाहले आइतबार विज्ञप्ति जारी गर्दै शनिवार बेलुका सुत्केरी अवस्थामा रहेकी सबिना काफ्लेको स्वास्थ्यमा एकाएक जटिलता तथा जोखिमयुक्त स्थिति देखिएपछि स्वास्थ्य परीक्षणका लागि सबैभन्दा छिटो प्रयोग गर्न सकिने विकल्पका रूपमा उपलब्ध रहेको सरकारी गाडी प्रयोग गरेको प्रस्टीकरण दिएका छन् । 

    images
    images
    images

    बालेनको सचिवालयका अनुसार सुरक्षाका दृष्टिकोणले समेत नगरप्रमुख र उनकी धर्म पत्नीलाई प्रयोग गर्न गृह मन्त्रालयले सहमति दिएको काठमाडौँ महानगरपालिकाको सरकारी गाडी प्रयोग गरेर सबिना काफ्ले अस्पताल गएको उल्लेख छ । 

    ‘नगर प्रमुख सहितको परिचय खुलाए पश्चात् प्रहरीको व्यवहार झन् बढी आक्रामक हुन गएको थियो । प्रहरीले सामान्य मानवीय संवेदनशीलताको समेत कति पनि ख्याल नराखी करिब ७ मिनेट गाडीलाई सडक किनारामा राख्न लगाई असान्दर्भिक र मनोमानी प्रश्न गरे’, वालेनको सचिवालयले भनेको छ, ‘सवारी जाँच गर्ने विधि र प्रक्रिया अवलम्बन नगरी प्रहरीले ढोका खोल, के हो ? कहाँ हो ? यस्तो त्यस्तो गर्ने भन्दै पछिल्लो सिटमा सवार सुत्केरी सबिना काफ्लेलाई अनावश्यक केरकार गरेको थियो ।’

    यस्तो थियो बालेनको विवादित स्ट्याटस373626271_6953501354680337_572605673683167952_n_HCCajkoleq.webp

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मेयर बालेन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।