Logo

२०८३, श्रावण ३०गते


images
images

विषालु च्याउ खाँदा सात वर्षिया बालिकाको मृत्यु

विषालु च्याउ खाँदा सात वर्षिया बालिकाको मृत्यु

images
  • विषालु च्याउ खाँदा सात वर्षिया बालिकाको मृत्यु
    सांकेतिक चित्र
    images
    images

    रमेश बहादुर सिंह, बझाङ । बझाङमा जङ्गली च्याउ खाँदा एक जनाको मृत्यु भएको छ ।  बझाङको जयपृथ्वी नगरपालिका नौरा घर भएका स्थानीय लक्ष्मण कडायतकि सात बर्षिया छोरी सन्जिला कडायतको जंगलमा पाइने विषालु च्याउ खाँदा मूत्यु भएको हो।

    images
    images
    images

    बुधबार बेलुका जंगलबाट ल्याएको च्याउको तरकारी खाँदा जयपृथ्वी नगरपालिका वडा नं ६ का स्थानिय लक्ष्मण कठायतका श्रीमती एक छोरा र एक छोरी सहित तिन जना गम्भिर बिरामी भएका थिए । सञ्जिलालाई बुधबार राती नै  उपचारको लागि जिल्ला अस्पताल सिमखेतमा पुर्याईएको थियो ।  जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि उनलाई क्षेत्रिय अस्पताल डडेल्धुरामा रिफर गरिएको थियो । तर सन्जिलाको बिच बाटोमै ज्यान गयो ।

    images
    images
    images

    लक्ष्मण कठायतका ११ वर्षिय छोरा सुदिपलाई भने बिहिबार मात्र उपचारको लागि जिल्ला अस्पताल बझाङमा ल्याइएको थियो । उनको पनि अवस्था गम्भिर भएकाले थप उपचारको लागि धनगढी रिफर गरिएको अस्पतालले जनाएको छ । 

    images
    images
    images

    कडायतकि श्रीमति पुनी कठायतलाई भने उपचार पछि घर पठाइएको जयपृथ्वी नगरपालिका ६ का वडाध्यक्ष नरेन्द्र बहादुर सिहँले जानकारी दिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।