नविन लुइँटेल, देवदह। रुपन्देहीको देवदहमा गाइजात्रा पर्व मनाइएको छ ।
भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म ८ दिन मनाइने परम्परागत सांस्कृतिक उत्सव ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको हो । यसलाई मुख्यगरी नेवार समूदायले दिवंगतहरुको स्मृतिमा मनाइन्छन् ।

वर्षदिनभित्र दिवंगत आफन्तका सम्झनामा आज गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना इलाकामा परिक्रमा गराउनाका साथै उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका खुवाउने र अन्न, द्रव्य दान गरिन्छ ।
यसरी नगर परिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ । बालक, युवालाई विभिन्न आकृतिमा सजाएर शहरका गल्ली, चोकहरुमा घुमाउने गरिन्छ । सडक छेउमा लाम लागेकाहरुले दान, द्रव्य तथा परिकार खान दिएर बिदा गर्ने गर्दछन् ।

भाद्र कृष्ण अष्टमीका दिनसम्म मनाइने यस पर्वका क्रममा प्रहसन, सामाजिक विकृतिहरूप्रति व्यङ्ग्यात्मक प्रदर्शन, नाचगान तथा मृत व्यक्तिको सम्झनामा रामायणका करुण रसका गीतहरू गाउने चलन छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology