Logo

२०८३, आश्विन १९गते


images
images

१० हजार मेगावाट बिजुली किन्ने भारतको घोषणा ३ महिनापछि कार्यान्वयन चरणमा

१० हजार मेगावाट बिजुली किन्ने भारतको घोषणा ३ महिनापछि कार्यान्वयन चरणमा

images
  • १० हजार मेगावाट बिजुली किन्ने भारतको घोषणा ३ महिनापछि कार्यान्वयन चरणमा
    images
    images

    काठमाडौँ । भारत सरकारले नेपालबाट १० हजार मेगावाट बिजुली किन्ने भनि गरेको घोषणा तीन महिनापछि कार्यान्वयन चरणमा लगेको छ । भारतीय मन्त्रिपरिषद्को बैठकबाट नेपालबाट १० हजार मेगावाट बिजुली किन्ने प्रस्ताव पारित भएको हो । 

    images
    images
    images

    भारतका लागि नेपाली राजदूत शंकर शर्माले भारतको मन्त्रिपरिषद्ले आगामी दश वर्षभित्र १० हजार मेगावाट विद्युत् खरिद गर्न स्वीकृति दिएको बताए । 

    images
    images
    images

    ‘भारतको मन्त्रिपरिषद्ले आगामी दश वर्षभित्र १० हजार मेगावाट विद्युत् खरिद गर्ने स्वीकृतिले २०७२ सालमा विद्युत् विकासको नयाँ मार्गचित्र बनाउने बाटो खुला गरेको छ’, शर्माले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘यसले नेपालको आर्थिक विकास र पुनर्संरचनामा महत्त्वपूर्ण भूमिका खेल्न सक्छ ।’

    images
    images
    images

    गत जेठमा भएको प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालबाट १० वर्षमा १० हजार मेगावाट बिजुली किन्ने घोषणा गरेका थिए । 

    जेठ १८ गते प्रचण्डसहितको संयुक्त पत्रकार सम्मेलनमा हैदरावाद हाउसमा सम्बोधन गर्दै मोदीले यस्तो घोषणा गरेका थिए । प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा नेपालले बिजुलीलाई प्राथमिकतामा राखेको थियो । यसमध्ये नेपालले आगामी २५ वर्षमा १० हजार मेगावाट बिजुली किन्ने सम्झौता नै गर्न चाहेको थियो । 

    तर, नेपालको बिजुलीले दिर्घकालिनरुपमा भारतीय बजार खुल्ने विषयमा भने सम्झौता भएन । यद्यपि, प्रधानमन्त्री मोदीले आगामी १० वर्षमा १० हजार मेगावाट बिजुली किन्ने घोषणा गरेका थिए । 

    यसबारे सम्झौतापत्रमा हस्ताक्षर नभएपनि संयुक्त वक्तव्यमा बिजुली किन्ने विषय समेटिएकाले त्यतिबेला नै सकारात्मक रुपमा लिइएको थियो । यतिबेला नेपाल वर्षायाममा बिजुली उत्पादनमा आत्मनिर्भर बनिसकेको छ । ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको निर्माण सम्पन्न भई उत्पादन सुरु भएपछि नेपाल वर्षायाममा आत्मनिर्भर बनेको हो ।

    सुख्खायाममा हालसम्म भारतसँगै निर्भर बन्नुपरे पनि आगामी २–३ वर्षमा आत्मनिर्भर बन्ने नेपाल विद्युत् प्राधिकरणको आकलन छ । यस्तो अवस्थामा हाल नेपालको राष्ट्रिय प्रसारण लाइनमा २७ सय मेगावाट बिजुली जोडिएको छ । यसमध्ये नेपालको सरदर खपत १५ सय मेगावाट हुन्छ । यस्तै, भारतले ४५३ मेगावाट बिजुली लग्न गत वर्षदेखि नै बाटो खोलिसकेको छ । तर, प्रत्येक वर्ष उक्त परिणामको बिजुली बेच्न अनुमति लिइरहनुपर्छ । यस्तो अवस्थामा प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा नेपाली पक्षले दीर्घकालीन सम्झौताको चाहना राखेको थियो । 

    तर, नेपाली पक्षले मुख्य एजेन्डा बनाएको दीर्घकालीन सम्झौतामा भारतीय प्रधानमन्त्रीले आगामी १० वर्षमा १० हजार मेगावाट बिजुली किन्ने घोषणा गरेर हाल आएर कार्यान्वयन तहमा लगेको हो । हैदराबाद हाउसमा संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले भनेका थिए, ‘आगामी १० वर्षमा भारतले नेपालबाट १० हजार मेगावाट बिजुली किन्छ ।’

    यसबाहेक, प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा तल्लोअरुण र फुकोट कर्णाली परियोजना विकासका लागि सम्झौता समेत भएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बिजुली
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।