Logo

२०८३, आश्विन १९गते


images
images

काठमाडौंका यी स्थानमा जानेछ आजदेखि चार दिन दैनिक ५ घण्टा बिजुली

काठमाडौंका यी स्थानमा जानेछ आजदेखि चार दिन दैनिक ५ घण्टा बिजुली

images
  • काठमाडौंका यी स्थानमा जानेछ आजदेखि चार दिन दैनिक ५ घण्टा बिजुली
    images
    images

    काठमाडौं । काठमाडौं उपत्यकाका केही स्थानमा आजदेखि चार दिन दैनिक पाँच घण्टा विद्युत् अवरुद्ध हुनेछ । 

    images
    images
    images

    नेपाल विद्युत् प्राधिकरणका अनुसार आज गोठाटार (जोरपाटी) फिडरअन्तर्गत मानटार चोक क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुनेछ । 

    images
    images
    images

    माघ १६ गते (भोलि) मातातीर्थ (कुलेश्वर) फिडर अन्तर्गत मातातीर्थ वरिपरिका क्षेत्र, माघ १७ गते शंखमुल फिडर (बानेश्वर)अन्तर्गत दोभान पुल वरिपरिका क्षेत्र बिजुली जानेछ । 

    images
    images
    images

    माघ १८ गते केएससी र ओल्ड एयरपोर्ट फिडर (बानेश्वर)अन्तर्गत आलोकनगर वरिपरिका क्षेत्रमा पाँच घण्टा विद्युत् अवरुद्ध हुने प्राधिकरणले बताएको छ ।

    बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत् आपूर्ति बन्द हुनेछ । 

    कुलेश्वर, बानेश्वर, जोरपाटी र कीर्तिपुर वितरण केन्द्र अन्तर्गतका विद्युतीय वितरणलाइन भूमिगत गर्ने कार्यको लागि विद्युत् अवरुद्ध गर्नुपरेको प्राधिकरणले जनाएको छ । 
     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बिजुली
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।