Logo

२०८३, आश्विन १९गते


images
images

विद्युत निर्यात

नेपालले बिजुली बेच्न थाल्यो : पहिलो पटक तेश्रो मुलुक बंगलादेशलाई ४० मेगावाट विक्री

नेपालले बिजुली बेच्न थाल्यो : पहिलो पटक तेश्रो मुलुक बंगलादेशलाई ४० मेगावाट विक्री

images
  • नेपालले बिजुली बेच्न थाल्यो : पहिलो पटक तेश्रो मुलुक बंगलादेशलाई ४० मेगावाट विक्री
    images
    images

    काठमाडौं । नेपालले बंगलादेशलाई ४० मेगावाट विद्युत व्यवसायीक रूपमा पहिलो पटक निर्यात शुरू गरेको छ । अहिले उत्पादित विद्युतले स्वदेशमा माग पूरा गरी तेस्रो देश बंगलादेशमा निर्यात शुरू गरिएको हो । 

    images
    images
    images

    उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले नेपालले आजबाट विद्युत बंगलादेशलाई निर्यात गर्नुले देश समृद्धिको दिशामा बढेको बताए । उनले नेपाल तेस्रो मुलुक विद्युत निर्यात गर्ने दक्षिण एशियाकै पहिलो देश बनेको भन्दै यो ऐतिहासिक क्षण भएको बताए । 

    images
    images
    images

    मन्त्री खड्काको पहलमा नेपाल, भारत र बंगलादेशबीच २०८१ असोज १७ मा विद्युत बेच्ने सम्झौता भएको थियो । उर्जामन्त्री खड्का, भारतका विद्युतमन्त्री मनोहर लाल र बंगलादेशका विद्युत, ऊर्जा तथा खनिज मन्त्रालयका सल्लाहकार मोहम्मद फोजुल कविर खानबीच संयुक्त रूपमा स्विच अन गरी काठमाडौंमा विद्युत निर्यातको उद्घाटन गरिएको थियो । सो सम्झौताअनुसार हरेक वर्षायामको ५ महिना अर्थात हरेक वर्षको जुन १५ देखि नोभेम्बर १५ सम्म ४० मेगावाट बिजुली विक्री गर्ने सम्झौता भएको थियो । 

    images
    images
    images

    सम्झौतासँगै आजबाट बंगलादेशमा विद्युत निर्यात गर्न लागिएको हो । यसअघि सम्झौता भएसँगै १ दिन विद्युत विक्री गर्दा प्राधिकरणले ४ लाख ७० हजार युनिट बिजुली विक्री गरेको थियो । यसबाट ३० हजार ८० डलर आम्दानी भएको प्राधिकरणले जनाएको छ । यसअघि नेपाल र भारतबीच मात्र विद्युत व्यापार हुँदै आएको थियो । 

    नेपालमा उत्पादित विद्युत भारतको प्रसारण संरचना हुँदै बंगलादेशलाई विक्री गर्न लागिएको हो । नेपाल र भारतबीचको पहिलो अन्तरदेशीय प्रशारण लाइन ढल्केबर-मुजफ्फरपुर ४०० केभीमार्फत विक्री गर्न लागिएको हो । मुजफ्फरपुर सबस्टेसनबाट भारतको प्रशारण लाइन हुँदै बेहरामपुर (भारत)-भेडामारा (बंगलादेश) ४०० केभी प्रशारण लाइनमार्फत विद्युत बंगलादेश पुग्नेछ ।  

    विद्युत प्राधिकरणका अनुसार त्रिशूली र चिलिमे जलविद्युत आयोजनाबाट उत्पादित क्रमशः १८.६० मेगावाट र २१.४० मेगावाट गरी ४० मेगावाट विद्युत् बंगलादेश निर्यात हुनेछ । ४० मेगावाट विद्युत् सन् २०२९ अक्टोबर २ सम्म  अर्थात ५ वर्षसम्म बंगलादेश निर्यात गर्ने सहमति भएको छ भने भारत सरकारले पनि प्रशारण लाइनको प्रयोग गर्न स्वीकृति दिएको हो । 

    वर्षायाममा बढी भएको विद्युत मध्ये ४० मेगावाट विद्युत नेपालले पाँच वर्षसम्म अमेरिकी डलरमा बंगलादेशलाई विक्री गर्नेछ । प्राधिकरणले बंगलादेश विद्युत विक्री मार्फत प्रतियुनिट ६.४० अमेरिकी सेन्ट पाउने गरी यसअघि नै सम्झौता भइसकेको छ । 

    प्राधिकरणले मुजफ्फरपुर बिन्दुपछिको प्रसारण लाइन शुल्क, चुहावट, एनभीभीएन, भारतले लिने ट्रेडिङ मार्जिनलगायतका सम्पूर्ण कर तथा शुल्कहरू बंगलादेशले नै व्यहोर्ने सहमति छ । नेपालले निर्यात गरेको बिजुलीको बक्यौतासमेत बंगलादेशस्थित बंगलादेश पावर डेभलपमेण्ट बोर्ड (बीपीडीबी) ले शुल्क तिर्नेछ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बिजुली
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।