Logo

२०८३, श्रावण ३०गते


images
images

कोटही आधारभुत विद्यालयमा शैक्षिक मेला सम्पन्न

कोटही आधारभुत विद्यालयमा शैक्षिक मेला सम्पन्न

images
  • कोटही आधारभुत विद्यालयमा शैक्षिक मेला सम्पन्न
    images
    images

    नविन लुइँटेल, देवदह । रुपन्देहीको देवदह नगरपालिका वडा नं. ३ मा अवस्थित  कोटही आधारभुत विद्यालयमा एक दिने शैक्षिक मेला सम्पन्न भएको छ। स्थानिय सोइया महिला स्वावलम्बन संस्थाको आर्थिक सहयोगमा विद्यालयमा एकदिने शैक्षिक सिकाई मेला सम्पन्न भएको हो । received_966499554577330.jpeg

    images
    images
    images

    मेलामा विद्यार्थीहरूले आफुले सिकेका र परम्परागत एवं सांस्कृतिक महत्वका सामग्रीहरू तयार गरि प्रदर्शन गरिएको छ। विद्यार्थीहरूले तयार गरेका विज्ञान प्रदर्शनी, स्थानीय थारू संस्कृतिसंग सम्बन्धित विभिन्न शैक्षिक सामग्रीको लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री चन्द्र किशोर गुप्ताले अवलोकन गरेका थिए।

    images
    images
    images

    शैक्षिक मेलालाई सम्बोधन गर्दै मन्त्री गुप्ताले विद्यार्थीले तयार गरेका आधुनिक सिकाइ संगसंगै परम्परागत कला, सीप र संस्कृतिसंग सम्बन्धित सामग्रीले आफु मोहित भएको बताए। मन्त्री गुप्ताले विद्यार्थीहरुलाई मध्यनजर गरेर सामाजिक विकास मन्त्रालयको तर्फबाट सक्दो सहयोग गर्ने र विद्यालयको पूर्वाधार विकासको लागि ४ कोठे भवन निर्माण गर्ने  कार्य अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे । उनले अहिले लुम्बिनी प्रदेशले शिक्षामा सात प्रतिशतसम्म बजेट विनियोजन गरेको भए पनि शैक्षिक गुणस्तर वृद्धिका लागि सरकारी स्रोत र साधनसंगै शिक्षक, विद्यार्थी र अभिभावकको मेहनत महत्वपुर्ण हुने बताए । received_655428986652401.jpeg

    images
    images
    images

    त्यसैगरी वडा नं ३ का वडा अध्यक्ष यज्ञ प्रसाद अर्यालले आफुले कोटही विद्यालयको पूर्वाधार विकासको लागि वडाबाट नौ लाख विनियोजन गरेको बताए।  आजसम्म कुनै विद्यालयमा वडाले एकमुष्ट रूपमा त्यति ठूलो रकम नछुट्याएको भएपनि आफुले विद्यालयको भौतिक विकास र शैक्षिक गुणस्तरलाई महत्व दिंदै बजेट विनियोजन गरेको जिकिर गरे। 

    विद्यालयका व्यवस्थापन समिति अध्यक्ष बम बहादुर आलेको अध्यक्षतामा सम्पन्न मेलाको सहजीकरण विद्यालयका प्रधानाध्यापक चन्द्रकान्त पाण्डेले गरेका थिए। 

    मेलामा विभिन्न आमा समूहले तयार गरेको खानाका परिकार समेत प्रदर्शन तथा विक्री वितरण गरिएको थियो।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।