Logo

२०८३, श्रावण ३१गते


images
images

माओवादी केन्द्रलाई पुनः जनताको पार्टीको रुपमा स्थापित गर्छौ  : अध्यक्ष प्रचण्ड

माओवादी केन्द्रलाई पुनः जनताको पार्टीको रुपमा स्थापित गर्छौ  : अध्यक्ष प्रचण्ड

images
  • माओवादी केन्द्रलाई पुनः जनताको पार्टीको रुपमा स्थापित गर्छौ  : अध्यक्ष प्रचण्ड
    images
    images

    राजेश पराजुली, गण्डकी प्रदेश । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्रलाई पुनः जनताको पार्टीको रुपमा स्थापित गर्ने बताएका छन्।

    images
    images
    images

    शहिद सुरेश वाग्लेको स्मृति कार्यक्रममा सहभागी हुन गोरखा आएका प्रधानमन्त्रीले भच्चेकमा योङ्ग कम्युनिस्ट लीग (वाइसिएल)नेपाल अजिरकोट गाउँपालिका दोस्रो सम्मेलनलाई सम्बोधन गर्दै माओवादी केन्द्रलाई पुनः जनताको पार्टीको रुपमा स्थापित गर्ने बताएका  हुन् ।  

    images
    images
    images

    प्रधानमन्त्री  दाहालले भने ‘अहिले हामी पार्टी पुनर्निर्माण गर्ने अभियानमा छौँ । अभियान देशभर उत्साहपूर्ण ढंगले अगाडि बढेको छ । यो अभियानमा संलग्न पार्टीका नेता कार्यकर्तालाई शुभकामना दिन चाहान्छु । ठूलो त्याग तपस्याबाट प्राप्त परिवर्तन र उपलब्धिलाई रक्षा गर्न यो अभियान सफल पार्न जरुरी छ ।’  जनताको पार्टीको रूपमा स्थापित गर्दै जनताको पार्टीको काम गर्ने एकमात्र पार्टीको माओवादी हो भन्ने रूपमा स्थापित गर्न सफल हुने विस्वास व्यक्त गरे ।

    images
    images
    images

    अहिले आफूले लिएको सरकारको नेतृत्वको अवसरलाई उनले चुनौतीपूर्ण अवसरको रुपमा लिएको बताए। सरकारले सामाजिक सुरक्षा कोषको अभियान,पासपोर्ट र यातायातमा देखिएका लाइन हटाउने अभियान र भ्रष्टाचार विरोधी अभियान चलाएर नयाँ परिवर्तन सुरूवात गरिएको उनले बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।