Logo

२०८३, श्रावण ३०गते


images
images

देवदह : टोलस्तरिय तीज गीत प्रतियोगितामा उदय आमा समूह प्रथम

देवदह : टोलस्तरिय तीज गीत प्रतियोगितामा उदय आमा समूह प्रथम

images
  • देवदह : टोलस्तरिय तीज गीत प्रतियोगितामा उदय आमा समूह प्रथम
    images
    images

    नविन लुइँटेल , देवदह । देवदहमा तीज मिलन तथा टोल स्तरीय तीज गीत प्रतियोगिता सम्पन्न भएको छ । शिवालय टोल विकास संस्थाको आयोजनमा  देवदह वडा नं ६ स्थित शिवालय खेल मैदानमा सम्पन्न भएको प्रतियोगितामा उदय आमा समूह प्रथम भएको छ ।

    images
    images
    images
    received_804344321473708.jpeg

    प्रतियोगितामा सृजना आमा समूह दोस्रो, प्रगति शिवालय आमा समूह तेस्रो र माथागढि दुर्गा मन्दिर विकास सस्था सान्त्वना  स्थान पाउन सफल भए । प्रतियोगितामा प्रथम हुनेलाई ७ हजार १ सय ५१ रुपैया  र प्रमाणपत्र, दोश्रो हुनेलाई ५ हजार १ सय ५१ रुपैया र प्रमाणपत्र, तेस्रो हुनेलाई ३ हजार १ सय ५१ रुपैया र प्रमाणपत्र, सान्त्वना हुनेलाई २ हजार १ सय ५१ रुपैया र प्रमाण पत्र पुरस्कार स्वरूप प्रदान गरिएको छ ।  

    images
    images
    images

    सो कार्यक्रममा बोल्दै देवदह नगरपालिका उप प्रमुख विद्यालक्ष्मी गुरुङले तीज कार्यक्रम मनाउदा मौलिक संस्कृतीलाई सङसङै जोगाएर अगाडि बढ्न जरुरी रहेको बताईं ।  मौलिक संस्कृति जोगाउनु सबैको दायित्व रहेको बताउदै उनले नगरपालिकाको  सबैभन्दा महत्त्वपूर्ण स्थान भनेकै टोल रहेकोले विकासको साथसाथै सृजनशील कार्य गर्नुपर्ने औल्याइन् ।

    images
    images
    images

    प्रतियोगिताको निर्णायकमा राष्ट्रिय कलाकार तेजु अर्यालको संयोजकत्वमा अन्य दुई जना निर्णायक सदस्य  विश्व गुरुङ र तृष्णा गुरुङ रहेका थिए।

    कार्यक्रममा शिवालय टोल विकास संस्थाको अध्यक्ष गणेश प्रसाद बस्यालको अध्यक्षतामा, यमुना अधिकारीको सन्चालन र उपाध्यक्ष मिलन मास्की मगरको स्वागत  रहेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।