Logo

२०८३, कार्तिक २८गते


images
images

आज दिनभरका १० समाचार

आज दिनभरका १० समाचार

images
  • आज दिनभरका १० समाचार
    images

    १.समाजवादी मोर्चाले आज विराटनगरमा सन्देशसभा गर्ने

    images
    images
    images

    समाजवादी मोर्चाले आज कोशी प्रदेशस्तरीय सन्देशसभा गर्ने भएको छ ।

    images
    images
    images

    यसअघि मधेस, लुम्बिनी, कर्णाली, गण्डकी र बाग्मती प्रदेशमा सन्देशसभा गरिसकेको मोर्चाले आज कोशीको विराटनगरमा सन्देशसभा राखेको हो ।

    images
    images

    सभालाई प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव, नेकपाका महासचिव नेत्रविक्रम चन्दलगायतले सम्बोधन गर्ने भएका छन् ।

    सुदूरपश्चिमको घोषणा सभा भदौ १३ गते राखिएकोमा हालसम्म स्थगित छ ।

    २.श्रम आप्रवासन सम्बन्धी समस्याका बारेमा १३ देशका राजदुतसँग प्रधानमन्त्रीको छलफल

    प्रधानमन्त्री पुष्पकमल दाहालले श्रम आप्रवासन सम्बन्धी समस्या र समाधानका विषयमा केन्द्रित रहेर विदेशस्थित नेपाली कुटनीतिक नियोगका प्रमुखहरूसँग छलफल गरेका छन । 


    सोमवार बिहानबाट सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा शुरु भएको पहिलो चरणको बैठक अपराह्न मात्रै सकिएको हो । बैठकमा वैदेशिक रोजगारसहित आप्रवासी नीतिहरुमा रहेको अहिलेको चुनौतिका बारेमा १३ देशका राजदुतहरुसँग छलफल गरिएको हो । अन्तरक्रियामा कुटनीतिज्ञहरूले अन्तर्राष्ट्रिय श्रम बजारसँग सम्बन्धित समस्या समाधानबारे धारणा राखेका थिए । अन्तरक्रियामा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवलप्रसाद भण्डारीले श्रम आप्रवासनमन सवालहरू र कुटनीतिक नियोगको भुमिका विषयमा संक्षिप्त अवधारणा प्रश्तुत गरेका थिए  । भण्डारीले प्रश्तुत गरेको अवधारणापत्रमा श्रम बजार र आप्रवासन सम्बन्धी वर्तमान अवस्था, विप्रेषण र यसको सघन उपस्थिति, द्विपक्षीय श्रम सम्झौता र समझदारी, वैदेशिक रोजगार सम्बन्धी मागपत्र जाँचबुझ निर्देशिका, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति र व्यक्तिगत श्रम स्वीकृतिबारे, राहत, उद्धार र कल्याणकारी कार्यहरूको सञ्चालन, कानुन प्रतिरक्षाको अवस्था, श्रम सम्बन्ध, आश्रयस्थल, स्थानीय कर्मचारी व्यवस्था, संस्थागत व्यवस्था र श्रम सहचारीको अवस्था, दक्षिण कोरियाको इ–७ भिसा विशेष, जापानको निर्दिष्ट सीपयुक्त कामदार सम्बन्धी अवस्था, अभिलेख नभएका श्रम आप्रवासीहरूको अभिलेखन गर्ने सम्बन्धमा, घरेलु कामदार सम्बन्धी सवाल, सरकार सरकारबीच सम्झौताबाट श्रमिक आपूर्ति, सामाजिक सुरक्षा कोषमा आवद्धता सम्बन्धमा, विशिष्टिकृत श्रम, सीप, तालिम र भाषा विशेषको परीक्षणबारे, परामर्शदाताको अधिकतम सेवा शुल्क सम्बन्धमा, विप्रेषण आप्रवाहलाई औपचारिक माध्यमबाट देश भित्राउने सम्बन्धमा, शैक्षिक परामर्श र ट्राभल एजेन्सीबाट अनेक स्वरूपमा विदेसिने समस्याबारे, नयाँ श्रम गन्तव्य र श्रम बजारको सम्भावनाबारे, अपेक्षित उपलब्धी र परिणाम लगायतका विषयहरू रहेका छन् ।

    पहिलो चरणको बैठक समापनपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै श्रम, रोगजार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले राजदुतहरुले आफ्नो आफ्नो मुलुकको समस्या र समाधानका उपायहरु बताएर जानकारी दिए । उनले श्रम मन्त्रालयले राजदुतहरुले राखेका समस्या टिपेर राखेको र त्यसलाई समाधान गर्नेतर्फ र व्यवस्थित बनाउनेतर्फ आगामी दिनमा काम गर्ने बताए । उनले निर्देशिका, कार्यविधि परिवर्तन गरेर भएपनि वैदेशिक रोजगारलाई व्यवस्थित र रोजगारमा गएका श्रमीकको हक हीत मानव अधिकार लगायतका सम्पूर्ण कुरा व्यवस्थित बनाउने सरकारको लक्ष्य रहेको बताए । उनले वैदेशिक रोजगारीमा रहेका श्रमीकहरुमाथि सरकारको जिम्मेवारी छ र गएका श्रमीकलाई नेपालमै फर्काउने गरी वातावरण बनाउने अनुभुति गरेर सरकारले देखाउने गरी काम गर्ने प्रतिवद्धता जनाए । 

    अवधारणापत्रमा श्रम आप्रवासनका मुख्य १० गन्तव्यमा कतार, मलेसिया, साउदी अरब, संयुक्त अरब इमिरेट्स्, कुवेत, बहराइन, दक्षिण कोरिया, ओमान, जापान, रूमानिया रहेको उल्लेख छ। साथै नेपाली श्रमिकहरूले वैदेशिक रोजगारीका क्रममा भोग्नुपरेको विभिन्न समस्याहरू उल्लेख गर्दै त्यसको समाधानका विकल्पहरू प्रश्तुत गरिएको छ ।

    अन्तरक्रियामा मागपत्र प्रमाणिकरण, जाँचबुझमा रहेका समस्या, वैदेशिक रोजगारीमा हुने ठगी, कार्यस्थलमा श्रमिकले भोगेका समस्या, मानव तस्करीको समस्या, विदेशमा रहेका कागजातबिहीन नेपाली श्रमिकका समस्या, फ्रि भिषा फ्रि टिकटको अवस्था र समस्या, ई–भिसा, सिजनेवल भिसाका समस्या, नेपाली कुटनीतिक नियोगको प्रभावकारिता लगायत श्रम आप्रवासनलाई सुरक्षित, मर्यादित र विश्वासनीय बनाउने विविध विषयमा छलफल भएको बताइएको छ । सोमवार र मंगलवार गरी २ दिन सञ्चालन हुने अन्तरक्रियामा मंगलवार प्रधानमन्त्रीले सम्बोधन गर्नेछन  । 

    ३.सरकार आफैँले मुलुकमा आतंककारी क्रियाकलापलाई प्रोत्साहित गरिरहेको छः ओली
     

    प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकार आफैँले मुलुकमा आतंककारी क्रियाकलापलाई प्रोत्साहित गरिरहेको आरोप लगाएका  छन । 

    अध्यक्ष ओलीले काँग्रेस नेता महेन्द्र यादवमाथि खुकुरी प्रहार भएको घटना र ताप्लेजुङमा डिएसपीसहित उनको परिवारलाई मार्छु भन्ने धम्की दिनेलाई नियन्त्रणमा नलिएर सरकारले आतंककारी गतिविधिलाई प्रोत्साहित गरिरहेको बताएका हुन ।

    आतंकारीहरुलाई, असामाजिक, अमानवीय, असंवैधानिक, गैरकानूनी क्रियाकलापमा साथ दिन्न भनेर डिएसपी राजन राईले भनेपछि त्यसलाई सहन नसकेर उनी र उनको परिवारलाई ज्यान मार्ने धम्की दिनेहरुलाई सरकारले किन पक्राउ नगरेको ? भनि प्रश्न समेत गरे । पार्टी केन्द्रिय कार्यालय च्यासलमा तेजावबिरुद्ध आयोजित कार्यक्रममा बोल्दै  अध्यक्ष ओलीले भने एक हप्ता अघि नै खुकुरी हान्छु भन्नेलाई सरकारले नियन्त्रणमा नलिँदा काँग्रेस नेतामाथि खुकुरी प्रहार भएको भन्दै त्यस्ता कुरालाई बेलैमा नियन्त्रण नगरेको भन्दै सरकारको आलोचना गरे । काट्छु, मार्छु भनेर समाजमा विद्वेष फैल्याउनेहरुलाई पनि नियन्त्रणमा नलिएर सरकारले तमासा देखाइरहेको ओलीको भनाई थियो । 

     

    अध्यक्ष ओलीले जघन्य अपराध गरेकाहरुलाई उन्मुक्ति नदिन आफू नेतृत्वको सरकारले तेजाव आक्रमणविरुद्ध कडा कानून निर्माण गर्नुपरेको बताए । उनले तेजाव आक्रमण बिरुद्ध जागरण अभियान सञ्चालन गर्ने र हिंसा बिरुद्धको अभियानमा साथ दिन सञ्चारकर्मीहरुलाई पनि पटकपटक आग्रह गरे । नेपालमा जातको नाममा, भाषाको नाममा, सम्प्रदायका नाममा, विभिन्न आस्थाका नाममा अनेक ढंगले द्वन्द्व र अस्थिरता मच्चाउन खोजिएको उल्लेख गर्दै अध्यक्ष ओलीले त्यसो हुन नदिने गरी जनचेतना फैल्याउने काममा सञ्चारमाध्यामहरु लाग्नुपर्ने बताए  । 

    अध्यक्ष ओलीले आफू नेतृत्वको सरकारले सामाजिक जागरणको क्षेत्रमा महत्वपूर्ण काम गरेको दावी गर्दै त्यसलाई निरन्तरता दिन सरकारलाई दबाब समेत दिए ।

     
    ४.लुम्बिनी र पोखरा भन्दा पहिला निजगढ विमानस्थल बन्नुपर्दथ्योः अर्थमन्त्री महत

    अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई उच्च प्राथमिकता दिएर बनाउनुपर्ने बताएका छन । 


    ११० औं बिपी जयन्तीका अवसरमा नेपालमा आर्थिक क्रान्तिका आधारहरु विषयक गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । उनले लुम्बिनी र पोखरा एयरपोर्ट भन्दा पहिला निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउनुपर्नेमा प्राथमिकता यकिन गर्न नसक्दा काम सम्पन्न हुन नसकेको उल्लेख गरे ।

    उनले अबको ४ वर्षसम्म काठमाडौं–तराई द्रुतमार्ग बनिसक्ने र त्यही अवधिमा एयरपोर्ट पनि बनाइसक्ने बताए  । उनले नेपालमा हाइड्रोपावर र पर्यटनको सम्भावना बढी रहेको र त्यही क्षेत्रलाई आर्थिक उन्नतिसँग जोड्न पूर्वाधार विकासमा जोड दिनुपर्ने बताए । उनले धेरै पर्यटकीय गन्तव्य पूर्वाधारको अभावले पहिचान हुन नसकेको बताए  । 

    मन्त्री महतले सबै मिलेर काम गर्ने हो भने नेपालमा आर्थिक क्रान्ति सम्भव रहेको बताए  । उनले आर्थिक परिवर्तनको उत्पादनको वाहक निजी क्षेत्र हुनुपर्ने बताए  । उनले परिवर्तनको उत्पादनको वाहक निजी क्षेत्र र सरकारले सहयोगीको भुमिका निर्वाह गर्नुपर्ने बताए  । उनले शिक्षा र स्वास्थ्य, पूर्वाधारमा अझै सरकारले लगानी बढाउनुपर्ने बताए  । 

    अर्थमन्त्री महतले निजी क्षेत्रले उत्पादन गरेको कुरामा वितरणको नेतृत्व सरकारले लिनुपर्ने बताए  ।  

    ५.पाँच वर्ष यही गठबन्धन चल्छ : प्रचण्ड

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पाँच वर्ष यही गठबन्धन निरन्तर रहने बताएका छन् ।

    समाजवादी मोर्चाको सन्देशसभामा विराटनगर आएका उनले सोमबार विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै उनले गठबन्धन कायम रहनेमा ढुक्क हुन आग्रह गरे ।

    पत्रकारको प्रश्नको संक्षिप्त जवाफ दिँदै बाहिरिने क्रममा उनले भने, ‘पाँच वर्ष यही गठबन्धन चल्छ ढुक्क हुनुहोस् ।’

    मोर्चाको सन्देश सभालाई प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले सम्बोधन कार्यसूची छ ।

     
    ६.भियनाले मनायो बाल दिवस
     
    भियनाले बाल दिवस मनाएको छ । आईतवार विभिन्न कार्यक्रमको आयोजना गरेर बाल दिवस मनाएको हो ।

    यस वर्षको नारा सेभ द वल्र्ड–चिल्ड्रेन फर क्लाइमेट रहेको छ । २३ जिल्लाका स्वयंसेवक र बालबालिकाहरु मिलेर जलवायु परिवर्तन र वातावरणमा बालबालिकाको रुची बढाउन विभिन्न कार्यक्रमहरु गरिुउको थियो । 

    ७.खाडी मुलुकमा नेपालबाट कृषि उत्पादनको माग बढ्दो:नेपालमा एडुकेट व्यवसायीको कमी

    खाडी मुलुकमा रहेका नेपाली राजदुतहरुले खाडी देशहरुमा नेपालबाट कृषिजन्य उत्पादन लैजान सकिने प्रचुर सम्भावना रहेको भएपनि नेपाली व्यवसायीहरु एडुकेट हुन नसकेको बताएका छन् । 

    उनीहरुले खाडी मुलुकमा नेपालका कृषिजन्य उत्पादनहरुको माग बढी रहेको बताएका हुन् । उनीहरुले नेपालमा उत्पादन हुने तरकारी, फलफूलको माग युएई, कुवेत लगायतका देशमा बढ्दै गइरहेको र त्यहाँको मागअनुसार नेपालले आपूर्ति गर्नसके अर्थतन्त्रमा थप टेवा पुग्ने बताए ।

    ललितपुरमा भएको राजदुतहरुसँग व्यवसायीहरुको छलफलमा बोल्दै थाइल्याण्डका लागि नेपाली राजदुत धनबहादुर ओलीले नेपाली व्यवहासायीहरुलाई एडुकेट बनाउन आवश्यक रहेको बताए । उनले व्यवसायीका पनि धेरै कमजोरी रहेको भन्दै  व्यवसायीहरुले आफ्नो व्यवहार सुधार्नुपर्ने जरुरी रहेको बताए  । उनले एक वर्ष मेलामा जाने र अर्को वर्षबाट नजाने गर्दा बजारको माग पूरा गर्न नसकिने अवस्था देखिँदै आएको बताएका छन । उनले राजदुतले सम्बन्धित देशमा गर्नसक्ने धेरै सम्भावना रहेको उल्लेख गर्दै क्षणिक रुपमा व्यवसायीहरुले सोच्नु नहुने बताए  । 


    कार्यक्रममा बोल्दै कुवेतका लागि नेपाली राजदुत घनश्याम लम्सालले सम्बन्धित देशहरुसँग राजदुतावासबाट हुने सहयोग र समन्वय गर्न आफूहरु तयार रहेको बताए । उनले सम्बन्धित देशहरुलाई कस्तो सामग्री पठाउँदा ठिक हुन्छ भन्ने सूचि तयार गरे आफूले त्यहाँको उद्योगी व्यवसायीहरुसँगको वातावरण मिलाइलिने स्पष्ट पारे । उनले सम्बन्धित देशहरुमा हुने मेलामा पूर्ण रुपमा निःशुल्क स्टलहरु उपलब्ध गराउन भने नसकिने भएपनि केही छुट दिलाउन सकिने  बताए  । 


    त्यस्तै युएईका लागि नेपाली राजदुत तेजबहादुर केसीले नेपालको निर्यात कम रहेको र आयात बढीरहेको  बताए  । उनले नेपालको व्यापार घाटा अहिले झन्डै ४० अर्ब रहेको बताए । उनले आफूले युएईमा अब नेपालबाट कृषिजन्य सामग्रीहरु निर्यात गर्ने कुरामा बढी जोड दिएर लाग्ने पनि बताए । उनले युएईबाट हुने लगानी नेपालमा जोड्नसके नेपालको अर्थतन्त्रलाई राहत हुने बताए । उनले गल्फ कन्ट्रीमा एग्रो प्रोडक्टको ठूलो सम्भावना रहेको बताए  । 


    कार्यक्रममा व्यवसायीहरुले नेपाली उत्पादनलाई सम्बन्धित देशमा रहेका नेपाली राजदुतहरुले बजारीकरणका लागि सहजीकरण गर्न आग्रह गरेका छन् । नेपाल निर्यात परिषद्का अध्यक्ष रेशम पोख्रेलले खाद्य सामग्री लैजान नेपाल युएईका लागि नयाँ गन्तव्य भइरहेको बताए  । उनले जुम्ला र मुस्ताङका स्याउहरुमा उनीहरुको माग बढीरहेको उल्लेख गरे । उनले माग धान्न नसक्दा उनीहरु काश्मिर, सिक्किम पलायन भइरहेको भन्दै दुतावसले यसमा पहल गर्न आग्रह गरे । युएईमा राँगाको सुकुटी धेरै माग आएको बताए । राजदुतहरुले कुटनीतिकसँगै आर्थिक सम्बन्धतिर पनि पहल गरिदिनुपर्ने माग गरे । 

    कार्यक्रममा बोल्दै व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणाले नेपालको ब्राण्डलाई सम्बन्धित देशमा चिनाउन र बुझाइदिन सके व्यापार प्रवद्र्धन हुने बताए । उनले दुतावासमा चिया, कफी लगायत नेपाल्ी उत्पादनको मेला गर्दा पनि नेपाली उत्पादनको बजारीकरण हुनेतर्फ ध्यानाकर्षण गराए । 

    उनले राजदुतले नेपालको विशेष दिवसहरुमा र ओहोदाको प्रमाणपत्र पेस गर्दा पनि नेपाली उत्पादन उपहारमा दिँदा त्यसले नेपाली उत्पादनको बजारीकरण र माग बढ्न जाने बताए  । 

     

     

     ८.२६ लाख नगदसहित नेपालगञ्ज विमानस्थलमा सरकारी कर्मचारी पक्राउ

    नेपालगञ्ज विमानस्थलबाट काठमाडौं आउन लागेका एक सरकारी कर्मचारीलाई सोमबार प्रहरीले २६ लाख नगदसहित पक्राउ गरेको छ।

    आन्तरिक राजस्व कार्यालय तुलसीपुर दाङमा कार्यरत अधिकृत खगेन्द्र सापकोटाको झोलामा शंकास्पद २६ लाख भेटिएपछि पक्राउ गरिएको हो।

    सुरक्षा जाँचका क्रममा सापकोटाको झोलामा ठूलो मात्रामा नगद फेला परेपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

    सापकोटा बिहान ८ : ४५ बजेको श्री एयरको उडानमार्फत काठमाडौं आउँदै थिए।

     

     ९.समाजवादी मोर्चाले आज विराटनगरमा सन्देशसभा गर्ने

    समाजवादी मोर्चाले आज कोशी प्रदेशस्तरीय सन्देशसभा गर्ने भएको छ ।

    यसअघि मधेस, लुम्बिनी, कर्णाली, गण्डकी र बाग्मती प्रदेशमा सन्देशसभा गरिसकेको मोर्चाले आज कोशीको विराटनगरमा सन्देशसभा राखेको हो ।

    सभालाई प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव, नेकपाका महासचिव नेत्रविक्रम चन्दलगायतले सम्बोधन गर्ने भएका छन् ।

    सुदूरपश्चिमको घोषणा सभा भदौ १३ गते राखिएकोमा हालसम्म स्थगित छ ।

     १०.बौद्धिक ज्ञानको साम्राज्यमा महिलाले हस्तक्षेप बढाउनुपर्छ : नेता पुन 

     

    नेकपा (माओवादी केन्द्र) का स्थायी कमिटि सदस्य गणेशमान पुनले बौद्धिक ज्ञानको साम्राज्यमा महिलाले हस्तक्षेप बढाउनुपर्ने बताएका छन्।  सोमबार प्रेस सेन्टर नेपाल रूपन्देहीले बुटवलमा आयोजना गरेको 'तीज पर्वको संरक्षण र सम्बर्धन विषयक अन्तरक्रियामा बोल्दै नेता पुनले महिलाहरूले नीति निर्माण तहमा भौतिक उपस्थितिसंगै बैचारिक हस्तक्षेप पनि बढाउनु पर्नेमा जोड दिए ।  

    एकातिर महिला नेतृत्वले संविधानले व्यवस्था गरे अनुरुप बैचारिक हस्तक्षेप बढाउन नसकेको र अर्कोतर्फ़ प्राप्त उपलब्धि नै उल्ट्याउनेतर्फ केही स्वार्थ समूह लागिपरेको भन्दै नेता पुनले त्यसतर्फ पत्रकारको पनि ध्यान केन्द्रित हुनुपर्ने बताए ।     

    'काठमाडौंमा इलाईट थिंक ट्यांकको एउटा समूहले अहिले पनि परिवर्तन विरोधी गतिविधि सक्रिय बनाउन भूमिगत छलफल संचालन गरिरहेको छ' उनले भने, 'सूरूमा संघीयता विरोधी बातावरण तयार गर्ने र अन्त्यमा सम्पूर्ण रुपमा परिवर्तन नै खारेज गरेर देशलाई प्रतिगमनमा लैजाने षड्यन्त्र अहिलेपनि जारी छ ।'

    साच्चै सबै परिवर्तन उल्टयाउने हो भने सबै समावेशी समानुपातिक प्रणाली खारेज हुने र त्यसको शिकार महिला, दलित, आदिवासी-जनजाती, मधेशी र अल्पसंख्यक हुने उल्लेख गर्दै नेता पुनले त्यस विषयमा जनताको आवाज बोल्ने पत्रकारहरूको ध्यान जानुपर्ने तर्क गरे । तीज जस्ता पर्वहरूलाई समयानुकुल बनाउंदै यसलाई अधिकार प्राप्तिको सामाजिक, सांस्कृतिक र राजनीतिक आन्दोलनसंग जोडेर मनाउनुपर्ने उनको भनाइ छ। 

    सोही कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले जनताका समस्यालाई मेनस्ट्रिम मिडियाले महत्व नदिएको बताए। गाउँमा बादरले किसानलाई सताएको, तराईमा हात्ती र बाघको आक्रमण बढेको, करोडौ मुल्यको काठ जंगलमा कुहिएर खेर गएको तर विदेशी शक्तिकेन्द्रको कारण समस्या हल गर्न नसकिएको उल्लेख गर्दै नेता बरालले संचारकर्मीले त्यतातिर ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिए ।

    अन्तरक्रियामा प्रेस सेन्टरका केन्द्रिय उपमहासचिव यानेन्द्र जिसी, नेपाल पत्रकार महसंघ रूपन्देही अध्यक्ष रामराजा पोखरेल, संचारिका समूह लुम्बिनी प्रदेश अध्यक्ष अमृता अनमोल, प्रेस सेन्टरका केन्द्रीय सदस्य सरु राना, अग्रज पत्रकार नारायण सापकोटा, गुरुदत्त ज्ञवाली, प्रेस युनियन नेपाल रुपन्देही सभापति कविन्द्र नेपाल, समाजवादी प्रेस संगठन रुपन्देही उपाध्यक्ष उषा किरण, प्रगतिशील पत्रकार संघ रुपन्देही अध्यक्ष विरेन्द्र कुँवर लगायतले बोल्दै तीजको महत्व बारे चर्चा गरेका थिए । 

    प्रेस सेन्टर रुपन्देही अध्यक्ष विष्णु पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रेस सेन्टर जिल्ला उपाध्यक्ष एवं महिला विभाग संयोजक अम्बिका परियारको  सहजीकरण रहेको थियो ।

    कार्यक्रममा नेकपा माओवादी केन्द्रका रुपन्देही संयोजक निर्मल जिसी लगायत महिला नेतृ र रूपन्देहीका विभिन्न सन्चारमाध्ययमा कार्यरत  सन्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।

    अन्तरकृयापछि आयोजित तीज मिलन कार्यक्रममा पत्रकारसंग नेकपा माओवादी नेताहरू समेत छमछमी नाचेका थिए ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # दिनभरका १० समाचार
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।