Logo

२०८३, श्रावण ३०गते


images
images

बुटवल उपमहानगरको ४५ दिने अभियान सकियो, नयाँ कार्ययोजना बनाएर नियमित सरसफाइ गरिने

बुटवल उपमहानगरको ४५ दिने अभियान सकियो, नयाँ कार्ययोजना बनाएर नियमित सरसफाइ गरिने

images
  • बुटवल उपमहानगरको ४५ दिने अभियान सकियो, नयाँ कार्ययोजना बनाएर नियमित सरसफाइ गरिने
    images
    images

    बुटवल । बुटवललाई सफा र हरियाली शहर बनाउने उद्देश्य सहित ४५ दिने अभियान संचालन गरिरहेको  बुटवल उपमहानगरपालिकाले शुक्रबार नयाँ बसपार्क सरसफाइ गरेको छ। साउनको दोश्रो हप्ता शुरु भएको अभियानको अन्तिम दिन भदौको अन्तिम शुक्रबार नयाँ बसपार्कमा सरसफाइ गरिएको हो।

    images
    images
    images

    मुख्य सडक सरसफाइ अभियान सकिएपनि मुख्य सडक र अन्य क्षेत्रहरु नियमित सरसफाइ गर्ने गरी नयाँ कार्ययोजना ल्याउने बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताए । हरेक शनिबार टोलटोलमा टोल विकास संस्थाहरुको अगुवाइमा अभियान सञ्चालन भइरहने र मुख्य सार्वजनिक स्थलहरुको सरसफाइका लागि थप व्यवस्था गर्ने उनले बताए ।

    images
    images
    images

    नगरलाई सफा राख्नका लागि सबैले आफ्नो क्षेत्रबाट सकारात्मक भूमिका निर्वाह गर्नुपर्ने बताउँदै उनले नगर सफा भएमा नगर र नगरबासीको इज्जत बढ्ने जिकिर गरे ।   सबै सामाजिक संस्थाहरुले बुटवललाई सफा र हरियाली बुटवल बनाउनका लागि साथ दिनुपर्ने बताउँदै सबैको सहयोगले मात्रै नगर सफा र सुन्दर बन्ने उनको भनाई छ । 

    images
    images
    images

    उपप्रमुख सावित्रादेवी अर्यालले नगरलाई सफा र हरियाली बनाउनका लागि घरदेखि नै कामको थालनी गर्नुपर्ने बताइन ।

    ४५ दिने अभियान पूरा भएपनि अभियानका क्रममा रोपिएका विरुवाको रेखदेख, मरेका वा नास भएका विरुवाका ठाउँमा बिरुवा लगाउने र सफा गर्न बाँकी रहेका स्थानमा नगरका कर्मचारीले सफा गर्ने सरसफाइ शाखाका प्रमुख ठगिश्वर पोखरेलले जानकारी  दिए ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।