Logo

२०८३, श्रावण ३०गते


images
images

बुटवलले बनायो नगर गान, नगरसभाबाट अनुमोदन

बुटवलले बनायो नगर गान, नगरसभाबाट अनुमोदन

images
  • बुटवलले बनायो नगर गान, नगरसभाबाट अनुमोदन
    images
    images

    बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिकाले नगर गान तयार गरेको छ । खुला प्रतिष्पर्धाबाट नगर गान छनोट गरी नगर कार्यपालिका बैठकबाट पारित गर्दै नगर सभाबाट अनुमोदन गरिएको हो ।

    images
    images
    images

    १४ जनाले पेश गरेका नगर गानमध्ये बुटवलका डिल्लीनारायण पाण्डेले रचना गरेको नगर गान उत्कृष्ट भएको हो । सोही नगर गान बुधबारको नगर सभाले अनुमोदन गर्दै प्रचलनमा ल्याएको नगर प्रमुख खेलराज पाण्डेयले बताए। नगर गानमा बुटवलको ऐतिहासिकता, कला संस्कृति र समावेशी विषयहरु समावेश छन् ।

    images
    images
    images

    यस्तो छ नगरगान

    images
    images
    images

    चुरे पहाड, उर्वर तराई, तिनाउ कलकल
    रामापिथेकश, बुद्धवल्ली गौरव बुटवल ।

    बहु भाषा, धर्म संस्कार, थरिथरि जाति
    वसन्तपुर, नुवाकोट मुस्कुराउँछन् माथि ।

    मणिमुकुन्द, उजिरसिंह, जितगढीको माटो
    घिउ बेचेर नुनतेल साट्ने पुर्खाको यही बाटो ।

    कृषि, उद्योग, व्यापार र पर्यटनको लहर
    देशकै अब्बल शिक्षा, स्वास्थ्य आधुनिक सहर ।

    प्राकृतिक सम्पदा र सभ्यताको खानी
    सिद्धभूमि बुटवलबासी हामी भाग्यमानी ।

    हाम्रो खस्यौली
    राम्रो बटौली
    प्यारो बुटवल ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बुटवल उपमहानगरपालिका
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।