Logo

२०८३, श्रावण ३०गते


images
images

गौशालामा गाईको व्यवस्थापन नभएको भन्दै विश्वहिन्दु महासंघ र ब्राह्मण समाजको ज्ञापन पत्र

गौशालामा गाईको व्यवस्थापन नभएको भन्दै विश्वहिन्दु महासंघ र ब्राह्मण समाजको ज्ञापन पत्र

images
  • सेतोमसी सहकर्मी
  • गौशालामा गाईको व्यवस्थापन नभएको भन्दै विश्वहिन्दु महासंघ र ब्राह्मण समाजको ज्ञापन पत्र
    images
    images

    बुटवल । बुटवल उपमहानगरपालिका अन्तर्गत शिवनगर सामुदायिक वनमा संचालित नन्दिनी गौशालामा रहेका गाईगोरूलाई उचित संरक्षण दिन नसकेको भन्दै ज्ञापन पत्र बुझाइएको छ । बुधबार विश्व हिन्दू महासंघ रुपन्देही र ब्राहमण समाज नेपाल रूपन्देहीले संयुक्त रूपमा बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेय र उपप्रमुख सावित्रादेवी अर्याललाई  ज्ञापन पत्र बुझाएका हुन् । 

    images
    images
    images

    गौशालामा रहेका गाईले खान, स्याहार - सुसार साथै बिरामी अवस्थामा उपचार समेत नगरिएको पाइएपछि  नगरप्रमुख  पाण्डेलाई उचित व्यवस्थापनका लागि अनुरोध गरिएको विश्व हिन्दू महासंघ रुपन्देहीका सभापति गोविन्द पाण्डेले बताए ।

    images
    images
    images

    छाडा गाईगोरुलाई व्यवस्थापन गर्नका लागि भन्दै गौशालामा राखिएता पनि बर्खाको समयमा झनै ठूलो समस्या भएको र दिनमा ५/७ वटा गाईहरु मर्दै आएको तर त्यसतर्फ नगरपालिकाले ध्यान नदिएको  ज्ञापन पत्रमा उल्लेख छ। 

    images
    images
    images

    ज्ञापन पत्र बुझ्दै नगर प्रमुख पाण्डे र उपप्रमुख अर्यालले गौशालाको व्यवस्थापनलाई प्राथमिकतामा राखिने र आवश्यक प्रवन्ध मिलाइने बताएका छन ।

    बुटवल उपमहानगरपालिकाले अब पनि गौशालाभित्र उचित व्यवस्थापन नगरे तत्काल कडा रूपमा कदम उठाउने विश्व हिन्दू महासंघ रूपन्देही र ब्राहमण समाज नेपाल रूपन्देहीको जनाएका छन ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।