Logo

२०८३, श्रावण ३०गते


images
images

आम्दा अस्पताल भवनमा व्यक्तिको नाम राखियो : समाजवादी मोर्चा

आम्दा अस्पताल भवनमा व्यक्तिको नाम राखियो : समाजवादी मोर्चा

मेयर पाण्डे भन्छन् - व्यक्तिको रूपमा होइन, संस्थापक अध्यक्षको हैसियतमा नामाकरण गरिएको हो ।
images
  • आम्दा अस्पताल भवनमा व्यक्तिको नाम राखियो : समाजवादी मोर्चा
    images
    images

    विनोद खनाल, बुटवल । बुटवल उपमहानगरपालिका वडा नं ७ दिपनगरमा अवस्थित नेपाल सिद्धार्थ महिला तथा बाल (आम्दा) अस्पतालको प्रशासनिक भवनको नामाकरण  व्यक्तिको नाममा गर्ने निर्णयको समाजवादी मोर्चाले  बिरोध जनाएको छ । 

    images
    images
    images

    शुक्रबार एक विज्ञप्ति जारी गर्दै मोर्चाले स्थानीय ब्यबस्थापन समितिका अध्यक्षले एकलौटीरुपमा राजनैतिक दलको ब्यक्तिको नाममा नामाकरण गर्ने गरि गरेको निर्णय प्रती आपत्ति जनाएको छ ।  २०५५ सालमा स्थापना भई २० औं वर्ष संचालनमा रहेको अस्पतालको भवनमा दलीय ब्यक्तिको नाम राख्नु गलत भएको मोर्चाको ठहर छ ।

    images
    images
    images

    मोर्चाका संयोजक एवम् नेकपा एकीकृत समाजवादीका नगर अध्यक्ष चिनबहादुर गुरुङ्ग र अन्य घटक पार्टीहरु नेकपा माओबादि केन्द्र नगर अध्यक्ष महेन्द्र भुषाल, नेपाल कम्युनिष्ट पार्टी नगर सेक्रेटरी विज्ञान सी द्वारा हस्ताक्षरित बिज्ञप्तिमा सामाजिक महत्व राख्ने संघसंस्था तथा अस्पतालका भवनहरुमा पार्टीका ब्यक्तिको नामाकरण गर्ने निर्णय सच्याउन माग गरिएको छ । निर्णय नसच्याएमा सशक्त प्रतिवादमा उत्रने समेत मोर्चाले चेतावनी दिएको छ ।

    images
    images
    images

    गत साउन १६ गते स्थानीय ब्यबस्थापन समितिको बैठकले बुटवलका पुर्ब मेयर स्वर्गीय सुर्यप्रसाद प्रधानको नाममा प्रशासनिक भवनको नामाकरण गर्ने निर्णय गरेको थियो ।

    यता स्थानीय ब्यबस्थापन समितिका अध्यक्ष समेत रहेका बुटवल उपमहानगर प्रमुख खेलराज पण्डेलाई सम्पर्क गर्दा उनले आम्दाका अन्तराष्ट्रीय अध्यक्ष सिगेरु सुगानामीको रोहबरमै आम्दा अस्पतालका संस्थापक अध्यक्ष रहेका पुर्व मेयरको सम्मान स्वरुप अस्पतालका थुप्रै भवनहरुमध्ये एउटामा उहाँको नामाकरण गर्ने बिषयलाई अतिरन्जना नगर्न अनुरोध गरे । उनले भने 'यो दलीय बिषय नभएर संस्थापकका हैसियतबाट गरिएको पहलकदमीको सम्मान स्वरुप गरिएको निर्णय हो ।'

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।