Logo

२०८३, श्रावण ३०गते


images
images

ज्योतिनगर र लक्ष्मीनगर क्षेत्रको पहिरो रोकथामको काम शुरु

ज्योतिनगर र लक्ष्मीनगर क्षेत्रको पहिरो रोकथामको काम शुरु

images
  • ज्योतिनगर र लक्ष्मीनगर क्षेत्रको पहिरो रोकथामको काम शुरु
    images
    images

    बुटवल । बुटवल उपमहानगरपालिकाले ज्योतिनगर र लक्ष्मीनगर क्षेत्रको पहिरो रोकथामका लागि थप काम शुरु गरेको छ।

    images
    images
    images

    गत आर्थिक वर्षमा नियमित रुपमा पहिरोग्रस्त क्षेत्रमा ग्याबिन जाली लगाउने, नाला, खोल्साहरु सरसफाइ गर्ने, अनुगमन गरी सम्भावित जोखिम न्युनीकरण गर्ने र अन्य सुरक्षाका उपायहरु अपनाउने गरेको थियो। 

    images
    images
    images

    चालु आर्थिक वर्षभरिमा के कस्ता काम गरेर पहिरोलाई रोक्न सकिन्छ भन्नेबारेमा प्राविधिकसहितको टोलीले आइतबार बिहान अनुगमन गरेको हो।

    images
    images
    images

    चालु आर्थिक वर्षमा आवश्यक स्थानमा ग्याबिन जाली लगाउने, खोल्साहरु सफा गर्ने, पानीको बहावलाई व्यवस्थित गर्ने जस्ता काम गर्ने गरी बजेट विनियोजन भएको र सोहीअनुसारको काम शुरु भएको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताए। उनका अनुसार पहिरोको जोखिम कम गर्न र स्थानीयलाई सुरक्षित बनाउनका लागि नगरको बजेटले थेग्ने सम्मका काम गरिरहेको छ। 

    ज्योतीनगर र लक्ष्मिनगर क्षेत्रमा २०७८ सालमा आएको पहिरोले १५ घर पूर्ण क्षति भएको थियो भने ३० घर आंशिक क्षति भएको थियो। १२ घरमा लेदो छिरेर सामान्य क्षति पुगेको थियो। सोही अनुसारको क्षति हुन नदिनका लागि बुटवल उपमहानगरपालिकाले विशेष प्राथमिकताका साथ बस्ती सुरक्षाका लागि काम गरिरहेको प्रमुख पाण्डेयले बताए। 

    उनले नगरको बजेटले मात्रै ज्योतिनगर र लक्ष्मीनगर क्षेत्रको पहिरो रोकथाम हुन नसक्ने भएकाले संघ र प्रदेश सरकारलाई पटक पटक अनुरोध गरेपनि उचित सम्बोधन हुन नसकेको बताए। 
    'हामी निर्वाचित भएर आएदेखि हरेक वर्ष र वर्षायाम शुरु हुनुअघि प्रदेश सरकार, संघ सरकार र विपद हेर्ने गृह मन्त्रालयमा छुट्टाछुट्टै रुपमा पत्राचार गर्ने र भेटेरै पनि जानकारी गराउने र विपद न्युनीकरणका लागि दिगो हुने गरी काम गर्नुपर्ने बताएका छौं, उनले भने-तर संघ र प्रदेश सरकारले हामीलाई जति सहयोगको खाँचो छ त्यसअनुसार केही पनि गरिरहेको छैन, संघबाट विपदका लागि केही रकम आएपनि प्रदेशबाट त आएकै छैन।' 

    पहिरो नियन्त्रणका लागि गत आर्थिक वर्षमा बुटवल उपमहानगरपालिका र संघीय सरकारको अनुदान अन्तरगत ४ करोड ५० लाखमा चेकड्याम, रिटर्निङ्ग वाल, बक्स कल्भर्टलगायतका जोखिम न्यूनीकरणका लागि संरचनाहरु निर्माण गरिएका थिए। 

    ती संरचनाकै कारण पहिरो रोकिएको जनप्रतिनिधि समेत रहेका स्थानीय अमृत खड्का बताउँछन्। 'लगातार २ वर्षदेखि यहाँ चेकड्याम, रिटर्निङ्ग वाल, बक्स कल्भर्ट बनाउने काम नगरेको भए बस्तीमा पहिरो पुगिसकेको हुन्थ्यो, उनी भन्छन्-माथिबाट बगेर आएको लेदो र ढुंगाहरु हटाउन २४सै घण्टा एक्साभेटर राखिएको छ, प्राविधिकहरुलाई नियमित रुपमा अनुगमन भएको छ, यसैले पहिरोले त्यसरी क्षति गर्न सकेको छैन।'
    २०७८ भदौ १३ र १४ गते बुटवल उपमहानगरपालिकाको ज्योतिनगर र लक्ष्मीनगर माथिको भागस्थित चुरे क्षेत्रमा गएको ठूलो पहिराका कारण बुटवल बजार नै जोखिममा परेपछि विज्ञको टोलीले अध्ययन गरेको थियो।

    राष्ट्रपति चुरे-तराई मधेस संरक्षण विकास समितिको सहजीकरण र सहयोगमा समितिका सदस्य तथा भू-विपद् विज्ञहरु डा सुस्मिता ढकाल, डा रञ्जनकुमार दाहाल, डा मनिता दाहाल र ई सञ्जय देवकोटा सम्मिलित टोलीले ज्योतिनगरको माथिल्लो भागमा रहेको श्रवन डाँडा क्षेत्रको पहिराको स्थलगत अध्ययन गरेका थिए। 

    अध्ययनपछि सो टोलीले तयार पारेको प्रतिवेदनअनुसार 'भिरालो जमिनमा सतही पानी र भूमिगत पानीको सही व्यवस्थापन नगरे त्यस्तो भिरालो जमिन असन्तुलित हुनपुग्छ, श्रवन डाँडाको पहिरालाई रोकथाम गर्ने पहिलो उपाय पनि सतही पानी र भूमिगत पानीको सही व्यवस्थापन नै हो' भनिएको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।