Logo

२०८३, श्रावण ३०गते


images
images

बुटवलका ३५ जनाले जुत्ता बनाउन सिके

बुटवलका ३५ जनाले जुत्ता बनाउन सिके

images
  • सेतोमसी सहकर्मी
  • बुटवलका ३५ जनाले जुत्ता बनाउन सिके
    images
    images

    बुटवल । बुटवल उपमहानगरपालिकाले ३५ जना महिलालाई १० दिने जुत्ता बनाउने तालिम दिएको छ। जुत्ता चप्पल बनाउने तालिम लिएका महिला उद्यमीलाई सोमबार एक कार्यक्रमका बीच प्रमाणपत्र हस्तान्तरण गरिएको छ।

    images
    images
    images

    प्रमाणपत्र प्रदान गर्दै नगर प्रमुख खेलराज पाण्डेयले बुटवलमा सीप र रोजगारलाई प्राथमिकता दिदै दक्ष जनशक्ति र उद्यमी उत्पादन गर्ने बताए। उनले महिला र युवाहरुलाई सीपसँग जोड्दै क्षमता विकास गर्ने र उत्पादन गरेका वस्तुहरु बजारसम्म पुर्‍याउनका लागि सहजीकरण गर्ने बताए।

    images
    images
    images

    नगर प्रमुख गृहणी महिला स्वरोजगार कार्यक्रम अन्तरगत तालिम दिएका महिलाहरुले उत्पादन गरेका सामग्रीहरुलाई कोशेली घरका रुपमा स्थापना गरी बजारसम्म पुर्‍याउन नगरले अगुवाई गर्ने बताए।

    images
    images
    images

    उनले कोशेली घरमा बुटवलले दिने सबै तालिमहरुबाट उत्पादन भएका उद्यमी तथा स्वरोजगारहरुलाई प्रवर्द्धन गर्ने गरी व्यवस्थापन गर्ने बताए।

    कार्यक्रममा उपप्रमुख सावित्रादेवी अर्यालले महिलाहरुको क्षमता विकासमा बुटवलले विशेष जोड दिएको बताइन्।

    कार्यक्रममा सिटिजन बैंकका प्रदेश प्रमुख प्रयास अर्याल, उद्योग वाणिज्य संघका मदनकुमार कार्की, शाखा प्रमुख गुनाकर खनाललगायतले बोल्दै बुटवललाई उद्यमका क्षेत्रमा अगाडि बढाउन सामुहिक प्रयास जरुरी रहेको बताए। 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बुटवल उपमहानगरपालिका
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।