भ्रष्टाचार विश्वब्यापी सामाजिक रोग हो। सार्वजनिक पद धारण गरेको ब्यक्तिले आफ्नो पदिय शक्तिको दुरुपयोग गर्नु भ्रष्टाचार हो। त्यसो त भ्रष्टचार मानवीय आचरण हो, नेपालको हकमा जीवनशैली हो। विश्वमा भ्रष्टाचार बृहत चुनौतीको रुपमा देखा परेको छ। मुख्यत राजनीतिक अस्थिरता, अन्तर्राष्ट्रिय शक्तिको खेलमैदान भएका र न्युन आय तथा अशिक्षित समाज भएको देशमा भ्रष्टाचारको दर बढी देखिन्छ।
नेपालमा केहि बर्ष पहिले संविधानसभाबाट संविधान बनेको छ। संविधान बनेपछि देशका मुख्य समस्याहरु भ्रष्टाचार, कुशासन, गरिबी र बेरोजगारीको अन्त्य हुन्छ भन्ने आम जनताको बिश्वास र नेतृत्वको प्रतिबद्धता थियो तर आजसम्म त्यो पूरा हुन सकेको छैन। राजनीतिक दलहरूले नै मुख्यतः भ्रष्टाचारको नेतृत्व गरिरहेका छन भन्दा फरक पर्दैन। भ्रष्टाचार जुनसुकै राजनीतिक ब्यबस्था र प्रशासनिक बाताबरण हुर्कन सक्छ। त्यो हिजो राणा शासन, राजाको पन्चायत हुँदै आजसम्म ...।
नितिगत भ्रष्टाचार धेरै जसो मुलुकमा भैरहेको देखिन्छ। तर बिश्वका केही यस्ता अनुपम उदाहरण पेश गर्ने मुलुक छन जुन देशमा भ्रष्टाचार कल्पना बाहिरको बिषय हो। भ्रष्टाचार भैहाले पनि त्यसको काम कारवाही तुरुन्तै भैहाल्ने। जस्तो डेनमार्क ।
एउटा देश बनाउने, समाजको ऎना शिक्षक/ लेक्चरले सरकारी स्कुल कलेजको जागीर खान्छ तर निजि कलेजमा लगानी गर्दै विद्यार्थी जति उतै ओसार्छ, सरकारी कलेजको विद्यार्थीलाई कक्षामा कुराएर आफू निजिमा लेक्चर दिन्छ। यो देशको भौतिक निर्माण गर्ने ठेकेदारहरु कागजमै बजेटको काम सिध्याउन सक्नेछन। यहि भ्रष्ट संस्कारमा समाज आज बिलिन छ, बिचार बिहिन छ। देशको बौद्धिक समुदाय आज भ्रष्ट छ, बिचलित छ। एउटा किसानले खेतमा टमाटर कुहाउन बाध्य छ तर झोलामा योजना बोकेर अनुदान खानेको लर्को छ। आज युवाहरू कोही अपराधी र तस्कर बनेका छन्, भने कोही बिदेश पलायन मै ब्यस्त छन । जसको मुख्य कारण भ्रष्टाचार हो। समग्रमा हाम्रो जीवनशैली नै भ्रष्ट छ। यो नेपालको एकदमै कहालीलाग्दो अवस्था हो
नेपाल भ्रष्टाचारले थिलिएर मृत्यु शैयामा पुगेको मुलुकको रुपमा चित्रीत हुँदैछ। आज देशका हरेक नागरिकको चुलोमा भ्रष्टाचारको खाना पाक्छ। हामीहरू दिनभर काम गर्दैनौ, गरेपनि आफ्नो जिम्मेवारी भन्दा फरक काम र शैली प्रयोग गरेर पैसा आर्जन गर्न मात्रै चाहन्छौं । यो अत्यन्तै चिन्ताको बिषय हो। डाक्टरले उपचार मात्रै गर्दैन उसले औषधि उद्योगसङ्ग कमिसनको सेटिङ्ग मिलाइरहेको हुन्छ। एउटा देश बनाउने, समाजको ऎना शिक्षक/ लेक्चरले सरकारी स्कुल कलेजको जागीर खान्छ तर निजि कलेजमा लगानी गर्दै विद्यार्थी जति उतै ओसार्छ, सरकारी कलेजको विद्यार्थीलाई कक्षामा कुराएर आफू निजिमा लेक्चर दिन्छ। यो देशको भौतिक निर्माण गर्ने ठेकेदारहरु कागजमै बजेटको काम सिध्याउन सक्ने छन। यहि भ्रष्ट संस्कारमा समाज आज बिलिन छ, बिचार बिहिन छ। देशको बौद्धिक समुदाय आज भ्रष्ट छ, बिचलित छ। यो नेपालको एकदमै कहालीलाग्दो अवस्था हो। एउटा किसानले खेतमा टमाटर कुहाउन बाध्य छ तर झोलामा योजना बोकेर अनुदान खानेको लर्को छ। आज युवाहरू कोही अपराधी र तस्कर बनेका छन्, भने कोही बिदेश पलायन मै ब्यस्त छन । जसको मुख्य कारण भ्रष्टाचार हो। समग्रमा हाम्रो जीवनशैली नै भ्रष्ट छ।
एकाथरीले यो राजनीतिक ब्यबस्थाले भ्रष्टाचार भयो भन्छन् तर उनैले अर्बौं झ्वाम पारेर जनताको सेवामा हामी छौ भन्न कर्णाली र मधेसमा क्यामेरा बोकेर कुदिरहेका छन। समग्रमा यो ब्यबस्थाको अर्थ, महत्व र आवस्यकता नबुझिकन, जनतालाई नबुझाइकन अगाडि बढ्दा भ्रष्टाचार झाङ्गिदै गएको हो। राजनीतिक नेतृत्व आज कमाउन मात्रै हिडेको छ भन्दा हुन्छ। नीतिगत भ्रष्टाचारका कुरुप अनुहार बोकेर यो देशको राजनीतिक नेतृत्व सुशासनको भाषण मात्र छाटेर दिन कटाईरहेको छ । एउटा अनुसन्धानले नेपालमा सबैभन्दा भ्रष्ट राजनीतिक नेतृत्व, दोश्रोमा अदालत, तेस्रोमा कर्मचारी प्रशासन र चौथोमा ब्यबसायी रहेको बताउछ।
जहिलेसम्म आम जनतामा भ्रष्टाचार मैले गर्दिन र गर्नेलाई सामाजिक बहिष्कार गरिन्छ भन्ने व्यबहार प्रदर्सन हुदैन तबसम्म भ्रष्टाचार निर्मुल पार्न कठिन छ। भ्रष्टाचार नियन्त्रणको लागी राज्यले विभिन्न संयन्त्र भने बनाएको छ। देशमा भ्रष्टाचार निवारण ऎन कृयाशिल छ। अख्तियर दुरुपयोग अनुसन्धान आयोग जस्तो शक्तिशाली संबैधानिक निकाय छ। राजस्व अनुसन्धान बिभाग, सम्पत्ति शुद्धिकरण बिभाग लगायत विभिन्न सस्थागत सम्रचना छन तर तिनीहरु कामयापी भने छैनन्। मुख्यत राजनीतिक दलहरुले यी अधिकार प्राप्त निकायको कामलाई आफू अनुकुल प्रयोग गरेका छन। राजनीतिक भागबन्डा मात्रै नहुने हो भने भ्रष्टाचार आधा कम भैहाल्छ।
अन्त्यमा, हामी यो देशका जनता यही अवस्थाबाट आकुलव्याकुल भै लर्को लागेर बिदेशीईरहेका छौँ। हामीले मुख्यतः यदि यो देशको माया छ भने देश छाडेर जानैपर्ने बाध्यता भएमात्र जाने गरौं। आवश्यकतालाई प्राथमिकिकरण गरौं। दलाल पुँजीलाई निरुत्साहित गरौं। हाम्रो जीबनशैलिलाई बदलौ। राजनीतिक शासन प्रणालीलाई प्रत्यक्ष निर्वाचित बनाउन पहल गरौं। दलालीमार्फत आर्जन गर्न खोज्ने बानीलाई त्याग गरौं । राजनीतिक दल, कर्मचारी प्रशासन र अदालतलाई अझै जिम्मेवार बन्न सकारात्मक दबाब सृजना गरौं। राज्यका भ्रष्टाचार न्यूनीकरणका लागि भनेर तयार सस्थाहरुलाई अझै शक्तिशाली बनाई स्वतन्त्ररुपले काम गर्ने बाताबरण तयार गरौँ। भ्रष्टाचारको न्यूनीकरणले मात्रै हामी र हाम्रो सन्तानको भबिस्य उज्ज्वल हुनेछ नत्र हामी भ्रष्ट सोच र व्यबहार बोकेर संसारको जुनसुकै देश पुगेपनि हामीले हाम्रो सम्पन्नता हासिल गर्न सक्दैनौ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology