गजल : लाग्छ आफै बोक्सी हुन् …
लाग्छ आफै बोक्सी हुन् आफै धामी हुन्
भोकको रोगी र डाक्टर ज्यामी हुन् ।
जसले गर्छन् अर्काको चियोचर्चा
वास्तवमा उनीहरू बेकामी हुन् ।
दुलहा र दुलहीको मृत्यु भयो
बसमा जन्ती हुन् कि मलामी हुन् ?
आफूलाई मात्र जान्दछन् जसले
ती सबै समाजका प्रतिगामी हुन् ।
नक्साको देशमा खुशी हुने नेपाली
भुटानी, बर्मेली र असामी हुन् ।
बिरामी होइनन् भट्टीमा पुगेका
अस्पतालमा पुगेका बिरामी हुन् ।
- अम्बिका कार्की, चितवन
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology