कपिलवस्तु । जिल्लाकाे शुद्धोधन गाउँपालिकामा नेकपा माओवादी केन्द्रको सहायक संगठन योङ्ग कम्युनिष्ट लिग (वाईसिएल) गठन भएको छ।
गाउँपालिकामा शुक्रबार भएको युवाहरूको भेलाले वाईसिएल गठन गरेको नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य किस्मत विश्वकर्माले जानकारी दिए। पार्टीको तीन महिने विशेष रूपान्तरण अभियानमा खटिएका उनले युवाको भेलाले पारसनाथ भुजकाे संयोजकत्वमा ३७ सदस्यीय वाईसिएल शुद्धोधन गाउँ कमिटि गठन गरेको बताए।
शुद्वाेदन गाउँपालिकाको लबनीमा सम्पन्न युवाहरूकाे भेलालाई सम्बाेधन गर्दै केन्द्रीय सदस्य किस्मत विश्वकर्माले युवाहरू बर्तमानकाे आवश्यकता र युवा शक्तिलाई उतपादन कार्यमा जाेडन सकिए मात्र मुलक समृद्धि हुने बताए । भेलामा माओवादी नेताहरू नारायण भुषाल, शुष्मा यादव, घरबरन यादव, दिनेश पुन, शिव बन्जाडे, हरिशचन्द खनाल लगायतले समाज रुपान्तरणमा युवाहरूकाे भुमिकाको बारेमा चर्चा गरेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology