२१ चैत्र २०७७, बुटवल । नयाँ सरकार गठनमा माओवादी केन्द्रको निर्णायक भूमिका रहने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बताएका छन ।
रुपन्देहीमा आज आयोजित कार्यक्रममा अध्यक्ष दाहालले माओवादीकै नेतृत्वमा अबको सरकार बन्ने तर प्रधानमन्त्री को बन्छ भन्ने कुरा भने गौण हुने बताए । उनले संविधानको मर्म र गणतन्त्रलाई संस्थागत गर्न अन्तिम साससम्म लडिरहने बताउदै मुलुकमा दोस्रो जनयुद्ध शुरु भएको जिकिर गरे ।अध्यक्ष दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीको कारण लोकतन्त्र र गणतन्त्रमाथि नै खतरा बढेकोले आफूहरुले पुनः जनयुद्ध शुरु गर्नुपरेको बताएका हुन ।
प्रतिगामी षड्यन्त्रलाई कुनै हालतमा सफल हुन नदिने उनको दाबी थियो । नेपाली जनताको साथले प्रतिनिधिसभा विघटनको षड्यन्त्रलाई परस्त गरेको उल्लेख गर्दै अध्यक्ष दाहालले लोकतन्त्र र गणतन्त्रमाथि हुने हरेक आक्रमणको डटेर सामना गर्ने बताए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology