Logo

२०८३, श्रावण २७गते


images
images

गुल्मीमा राहदानी लिनेको संख्यामा झन्डै ४० प्रतिशतले कमी

गुल्मीमा राहदानी लिनेको संख्यामा झन्डै ४० प्रतिशतले कमी

images
  • सेतोमसी सहकर्मी
  • गुल्मीमा राहदानी लिनेको संख्यामा झन्डै ४० प्रतिशतले कमी
    images
    images

    दिपेन्द्र खत्री – सुर्य सुनार, चैत्र ५ गुल्मी ।गुल्मीमा आर्थिक वर्ष ०७७/७८ मा राहदानी लिनेको संख्यामा कमी आएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीमा गत वर्ष भन्दा यो वर्ष राहदानी लिनेहरुको संख्यामा कमी आएको हो ।

    images
    images
    images

    राहदानी लिनेको संख्या घटेपछि राजश्व संकलनमा समेत कमी आएको छ । गत आर्थिक वर्षमा ३ हजार २४२ जनाले राहदानी लिएका थिए । यो वर्षमा २ हजार ४६६ जनाले राहदानी लिएका छन् ।Paasport

    images
    images
    images

    राहदानीबाट मात्रै आर्थिक बर्ष ०७७/७८ मा १ करोड २६ लाख ३२ हजार ५ सय राजश्व संकलन भएको जिल्ला प्रशासन कार्यालय गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भण्डारीले जानकारी दिए ।

    images
    images
    images

    गत आव ०७६/७७ को तुलनामा आ.व. ०७७/७८ मा राहदानी लिनेको संख्या र राजश्वमा कमी आएको साहायक प्रमुख जिल्ला अधिकारी भण्डारीले बताए । उनले कोभिड–१९ को प्रभावका कारण राहदानी र राजश्व संकलनमा कमी आएको बताए ।

    त्यसै गरि चालू आर्थिक वर्षमा ७ हजार ३४ जनाले नागरिकता लिएका छन् । पुरुष ३ हजार ६६४ जना र महिला ३ हजार ३७० जानले लिएका हुन् ।

    गुल्मीमा राहदानी लिनेहरुको संख्यामा कमी आए पनि स्थानीय सरकारले बेरोजागरी हटाउन सकेको छैन् । विदेश जाने युवाहरुलाई यही रोजगारको वातावरण मिलाउने हो भने राहदानी लिनेको सख्यामा यसै गरी कमी आउने देखिन्छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गुल्मी
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।