Logo

२०८३, श्रावण ३०गते


images
images

पर्यटन

पर्यटकको पर्खाइमा जमुहानी ताल, यस्तो छ तालका माछाको कहानी

पर्यटकको पर्खाइमा जमुहानी ताल, यस्तो छ तालका माछाको कहानी

images
  • सेतोमसी सहकर्मी
  • पर्यटकको पर्खाइमा जमुहानी ताल, यस्तो छ तालका माछाको कहानी
    images
    images

    पशुपति यादव, भैरहवा । रुपन्देहीको ओमसतिया गाउँपालिका अन्तर्गत वडा नम्बर ६ भित्र पर्यटकीय महत्व बोकेको जमुहानी ताललाई संरक्षण गर्नका लागि गुरु योजना सहित पर्यटन वोर्डसंग बजेट माग गरिएको छ । ओझेलमा परेको जमुहानी तालको संरक्षण, विकास र सौन्दर्यकरणको लागि पर्यटन वोर्डसंग समन्वय गरी वडा अध्यक्ष शिवकुमार धवलले बजेट माग गरेपछि यसको विकास हुनेमा स्थानीयहरू आसावादी देखिएका छन् ।

    images
    images
    images

    पुरातात्विक एंव ऐतिहासिक महत्व बोकेको जमुहानी ताललाई संरक्षणको लागि सम्बन्धित निकायहरुसंग हातेमलो गरी आफू लगिपरेको र यस सुन्दर ताल पर्यटकको पर्खाइमा रहेको वडा अध्यक्ष धवल बताउछन् ।

    images
    images
    images

    यस तालको परिसरभित्र पूर्वमा दुर्गा मन्दिर, उत्तर तर्फ समयमाईको थान, दक्षिण तर्फ रामजानकी मन्दिर र पश्चिममा छठीमाई थान रहेको छ । स्थानीयहरुको भनाई अनुसार  तालको पानी कहिले पनि सुक्दैन, तालमा ठूला ठूला माछा उत्पादन हुने गर्छन । ४०-५० किलोसम्मको माछा तालमा रहेको स्थानीयहरुको दावी छ। तालमा रहेको माछाहरुको नाकमा सुनको बुलाकी रहेको र सुनको बुलाकी लगाउने गरेको धार्मिक मान्यता रहेको छ । 

    images
    images
    images

    रामजानकी मन्दिर परिसरमा रहेको यस तालका माछाहरु कसैले खाने गर्दैनन् । तालको माछा कसैले मारेर खाएमा हैजा जस्तो महामारी हुने र त्यो मानिसको मृत्यु समेत हुने स्थानीयहरुको 'विश्वास' छ । तालको माछाहरु दिनको समयमा सुरुङको वासस्थानमा हुने र साँझको समयमा मात्र बाहिर तालमा हेर्न मिल्ने स्थानीयहरुले बताउँछन् ।

    यस तालमा स्नान गरि मन्दिरमा पुजा गरेमा भाकल पुरा हुने 'जनविश्वास' समेत रहेको छ ।

    ताल परिसरमा रहेको मन्दिरमा 'नागदेवता'को बास रहेका र बेलाबेलामा मन्दिरमा देखिने मन्दिरका पुजारी बताउँछन्। यहाँ देखिने 'नाग देवता'ले कसैलाई नटोक्ने उनको दावी छ ।

    तालमा कमलका फूलहरु फूल्दा यो मनमोहक देखिन्छ। जसले आन्तरिक र बाह्य पर्यटकहरुलाई आकर्षण गर्न सक्ने स्थानीयहरू बताउछन । 

    तालको बिचमा विशाल रामजानकी मन्दिर निर्माण सहित आन्तरिक र बाह्य पर्यटकलाई आकर्षण गर्नका लागि विस्तृत योजना बनाएर अगाडि बढेको वडा अध्यक्ष धवलले बताउँछन् ।

    यसअघि ताल र मन्दिरको संरक्षणमा पहल हुन नसकेको भएपनि अहिले स्थानीय तहभित्र रहेको धार्मिक, पर्यटकीय रामजानकी मन्दिर र तालको लागि योजना सहित अगाडी बढाउने कार्य भई रहेको वडा सदस्य झपेन्द्र यादवले बताएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।