Logo

२०८३, श्रावण ३०गते


images
images

ओमसतियाको नीति तथा कार्यक्रम सार्वजनिक

ओमसतियाको नीति तथा कार्यक्रम सार्वजनिक

images
  • ओमसतियाको नीति तथा कार्यक्रम सार्वजनिक
    images
    images

     भैरहवा । रुपन्देहीको ओमसतिया गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । बुधबार भएको ११ औं अधिवेशनबाट आ. व ०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक भएको हो ।

    images
    images
    images

    ओमसतिया गाउँपालिकाले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा स्वास्थ्य, शिक्षा, कृषि, पूर्वाधार, पर्यटन तथा समग्र विकासलाई प्राथमिकता दिइएको छ

    images
    images
    images

    पालिका प्रमुख मञ्जित कुमार यादवले ९१ बुँदे नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । नीति तथा कार्यक्रममा कृषियोग्य जमिनको पहिचान, संरक्षण तथा चक्लावन्दी गरी नमुना नमुना व्यवसायिक खेतीका रुपमा ‘एक वडा एक उत्पादन’ कार्यक्रमलाई पकेट कार्यक्रमको रुपमा निरन्तरता दिने, कृषियोग्य जग्गाको कित्ताकाट तथा खण्डीकरण गर्ने कार्यलाई नियन्त्रण गरिने, व्यवसायिक कृषि मार्फत उत्पादन र उत्पादकत्वमा अभिवृद्धि गर्ने लक्ष्य लिइएको छ ।

    images
    images
    images

    पालिकाभित्र १५ सैयाको अस्पताल निर्माण गर्नका लागि उपयुक्त स्थान र जग्गाको व्यवस्थापन गर्ने कार्य सबै यसै वर्ष पूरा गरी अगामी ३ वर्षमा निर्माण कार्य सम्पन्न गरी सञ्चालनमा ल्याइने, जेष्ठ नागरिक घरभेट तथा स्वास्थ्य परीक्षण कार्यक्रम मार्फत आवधिक रुपमा घरमै गई स्वास्थ्य परीक्षण गर्ने व्यवस्था मिलाइने र आगामी ३ वर्ष भित्र ओमसतिया गाउँपालिकालाई पोषणयुक्त गाउँपालिका घोषणा गर्ने गरी अभियानका साथ कार्यक्रम सञ्चालन गरिने व्यवस्था गरिएको छ ।

    प्रविधिमा आधारित अपनत्वसहितको गुणस्तरीय शिक्षामा जोड दिईने छ । विद्यालयहरुलाई आवश्यक पर्ने आधारभूत प्राविधिक सेवाहरु उपलब्ध गराई विद्यालयलाई सूचना प्रविधियुक्त बनाउने कार्य थालनी गर्ने जनाइएको छ ।

    ‘स्थानीय सडकहरुको राइट अफ वे’ भन्ने नाराका साथ सडकहरुको दीर्घकालीन रुपमा स्तरोन्नति गरि व्यवस्थित सहरी क्षेत्रको रुपमा विकास निर्माणका कामहरु अगाडी बढाउने कार्यलाई नीति तथा कार्यक्रममा समावेश गरिएको छ । प्राथमिकताको आधारमा स्तरोन्नती भएका कच्ची सडकहरुलाई क्रमशः कालोपत्रे गर्ने र सो बाहेकका मुख्य मुख्य सडकहरु र गाउँ भित्रका परम्परागत सडकहरुको स्तरोन्नती गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # ओमसतिया गाउँपालिका
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।