राजेश पराजुली, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बीमा दाबी भुक्तानीलाई सहज बनाउन बीमा प्राधिकरणलाई सुझाव दिए। बिहिवार नेपाल बीमा प्राधिकरणसँगको छलफलमा मुख्यमन्त्री पाण्डेले भने ‘बीमा गराउँदा कम्पनीहरुले जति सजिलोगरी गराउनहुन्छ दाबी भुक्तानीमा त्यती सजिलो देखिँदैन, दाबी भुक्तानी भएन भनेर सर्वसाधारण नागरिकले गुनासो गदै, बीमा प्राधिकरणले यो सुधारर्नुपर्छ ।’
बीमा गराउँदा दिएको आश्वासन दाबी भुक्तानीमा नपाएपछि बीमित निराश हुन सक्ने तर्फ ध्यान दिन उनले सुझाब दिए। साथै मुख्यमन्त्री पाण्डेले बिमाको बारेमा अहिलेपनि सर्वसाधारण सबैलाई जानकारी नभएको बताउँदै सचेतनामा पनि ध्यान दिनुपर्नेमा बताए । कृषि, पशु, व्यवशाय बीमामापनि प्राथमिकता दिन उनले बीमा प्राधिकरणलाई अनुरोध गरे।बीमाबाट सर्वसाधारणले धेरै सुविधा र सहजता महशुस गर्ने गरी कार्य अघि बढाउन र त्यसकालागि गण्डकी प्रदेश सरकारले गर्नुपर्ने सहकार्य, समन्वय गर्न सकिने मुख्यमन्त्री पाण्डेले बताए ।
नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्यप्रसाद सिलवालले प्रदेशले नीति बनाउँदा बीमा संम्बन्धि व्यवस्थालाई प्राथमिकता दिन अनुरोध गरे। गण्डकी प्रदेश भित्र २७ दशमलव ४३ प्रतिशत मानिस बिमाको पहुँचमा छन् । देशभर भने ४४ दशमलव ३८ प्रतिशत मानिस बीमाको पहुँचमा छन् । नेपालमा जिवन बीमाको पहुँच धेरै रहेको प्राधिकरणले जनाएको छ । कृषि तथा पशुपंक्षी बीमामा संघ सरकारले ८० प्रतिशत र प्रदेश सरकारले २० प्रतिशत गरी सतप्रतिशत अनुदानको ब्यवस्था रहेको बीमा प्राधिकरणले जनाएको छ
गण्डकी प्रदेश भित्र एक सय १६ बीमा कम्पनीमा चार सय ८० जना कर्मचारी कार्यरत छन् ।
बीमा प्राधिकरणसँगको अन्तरक्रियामा गण्डकी प्रदेशका मन्त्रीहरु, प्रमुख सचिव, सचिवहरु लगायतको सहभागीता थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology