नविन लुइँटेल, देवदह । गौतम बुद्धको मावली स्थल देवदहको बुद्ध सर्किट (बुद्ध मार्ग) क्षेत्रमा हरियाली सहित सडकको सौन्दर्यकरण गर्ने कार्य सुरू भएको छ। शनिबार देवदह नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङ सहितको उपस्थितिमा एक हजार विरुवा रोपेर अभियानको सुरुवात गरियो।
देवदहको वडा नं ३, ४, ७ र ८ मा पर्ने बुद्ध मार्ग (बुद्ध सर्किट) क्षेत्रमा चलाउने सौन्दर्यकरण अभियानमा बोल्दै उपप्रमुख गुरुङले अभियानलाई निरन्तरता दिने र भवानीपुरसम्म पुर्याईने बताइन । रोपिएका विरुवालाई स्थानियले संरक्षण गरेमा मात्र अभियान सफल हुने बताउंदै उनले सडक र शहरको सुन्दरतासंगै वृक्षारोपणले वातावरणलाई स्वच्छ गराउने भएकोले महत्वपुर्ण कार्यमा सबैको सहकार्य हुनुपर्नेमा जोड दिईन।
नगरपालिकाका प्रमुख प्रशाकिय अधिकृत कृष्ण प्रसाद सापकोटाले देवदहसंग जोडिएको ऐतिहासिक पक्षलाई हरियालीकरण गर्न सरकारबाट नै निर्णय भएकोले लुम्बिनी र देवदह क्षेत्रलाई जोड्ने बुद्ध सर्किट क्षेत्रलाइ थप चम्किलो गराउनको लागि वृक्षरोपण कार्यक्रम आवश्यक रहेको बताए।
कार्यक्रममा विभिन्न वडा अध्यक्ष, जनप्रतिनिधि तथा स्थानीयको उपस्थिति रहेको थियो । देवदह नगरपालिका वडा नं ३ का वडा अध्यक्ष यज्ञ अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर प्रवक्ता गणेश डुम्रेको सन्चालन रहेको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology