Logo

२०८३, श्रावण ३१गते


images
images

पाल्पा रानिमहल नजिकै जिप दुर्घटना: ६ जनाको मृत्यु, १ जना घाइते

पाल्पा रानिमहल नजिकै जिप दुर्घटना: ६ जनाको मृत्यु, १ जना घाइते

images
  • पाल्पा रानिमहल नजिकै जिप दुर्घटना: ६ जनाको मृत्यु, १ जना घाइते
    images
    images

    पाल्पा । पाल्पामा रानीमहल तानसेन सडक खण्डको बैकुण्ठे भीर नजिकै जिप दुर्घटना हुँदा ६ जनाको घटनस्थलमै मृत्यु भएको छ ।

    images
    images
    images

    ऐतिहासिक पर्यटकीय स्थल रानिमहल घुम्न हिडेका पर्यटक सवार बाग्मती प्रदेशको ७२०९ नम्बरको जिप ओरालो सडकमा चिप्लिएर करिब ७ सय मिटर तल तानसेन खोलामा खसेको छ ।

    images
    images
    images

    दुर्घटना परी तीन महिला, दुई बालक र एक पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख हेरम्ब शर्माले जानकारी दिए ।

    images
    images
    images

    ज्यान गुमाउनेको परिचय भने अझै खुल्न सकेको छैन ।

    दुर्घटनामा गम्भिर घाइत एक जनाको भने उद्धार गरिएको छ । उनको अवस्था पनि गम्भिर रहेको प्रमुख शर्माले बताए ।

    दुर्घटना स्थल निकै ठुलो भिर र खोलामा परेकोले उद्धारमा कठिनाइसमेत भएको घटनास्थलमा उद्धारमा खटिएका स्थानीय ठाकुर पाण्डेले जानकारी दिए ।

    बेलुकी करिब साढे ४ बजेको समयमा जिप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

    घटनास्थलमा अहिले नेपाली सेना,नेपाल प्रहरी र ‍सशष्त्र प्रहरीको साथै स्थानीयको सहयोगमा शव निकाल्ने काम भइरहेको छ ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।