Logo

२०८३, श्रावण ३०गते


images
images

ओलीको बहिर्गमनपछि लयमा फर्किदै राजनीति

एक्लीयो ओली समूह, ओलीका ९ सांसद माधवतिर, फूटको बाटोबाट फर्कियो समाजवादी 

एक्लीयो ओली समूह, ओलीका ९ सांसद माधवतिर, फूटको बाटोबाट फर्कियो समाजवादी 

images
  • एक्लीयो ओली समूह, ओलीका ९ सांसद माधवतिर, फूटको बाटोबाट फर्कियो समाजवादी 
    images
    images

    काठमाडौं । आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाले संसदबाट विस्वासको मत पाए । नेपाली कांग्रेसका सभापति समेत रहेका देउवालाई उनको आफ्नै दल नेपाली कांग्रेससँगै माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले मत दिएको छ । प्रमुख विपक्षी एमालेका पनि २२ सांसदले उनलाई मत दिएका छन् । जसमा ओली पक्षमा रहेका ८ सांसद समेत छन् । सांसदहरु प्रेम आले, कृष्णकुमार श्रेष्ठ ‘किसान’, गोपाल बम, धनबहादुर बुढा पार्वती विशंखे, हिरा केसी, बिना बुढाथोकी र समिना हुसेनले पनि प्रधानमन्त्री देउवालाई मत दिएका छन् । 

    images
    images
    images

    आइतबार ओली पक्षका नेताहरु मात्र रहेको एमालेले स्थायी कमिटीको बैठकबाट प्रधानमन्त्री देउवालाई विश्वासको मत नदिन सांसदहरुलाई निर्देशन दिएको थियो । जसले मत दिन्छ, उनीहरु एमालेमा नरहने ओली पक्षको चेतावनी थियो । 

    images
    images
    images

    तर वरिष्ठ नेता नेपाल विश्वासको मत दिने पक्षमा उभिए । यससँँगै नेपाल समूहमा खैलाबैला भयो । 

    images
    images
    images

    यद्यपि देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका, तर १० बुँदे सहमति जुटाउने कार्यदलमा नेपाल पक्षको नेतृत्व गरेका उपाध्यक्ष भीम रावलले सांसद पदबाटै राजीनामा दिए । उपमहासचिव धनश्याम भुसाल, सचिव योगेश भट्टराई, गोकर्ण विष्ट लगायतका नेपाल पक्षका १० सांसदले भोट हालेनन् । 

    महन्त समूहमा युटर्न : फुटको बाटोबाट फर्कियो समाजवादी 

    प्रधानमन्त्री देउवालाई जसपाको महन्थ ठाकुर पक्षले घोषणा गरेर नै विश्वासको मत दिएको छ । 

    संविधानको धारा ७६(५) को प्रधानमन्त्रीका लागि ओलीले दाबी गर्दा साथ दिएको यो समूह संसद विघटनपछि सरकारमा पनि गएको थियो । यो समूहमा रहेका २० सांसदमध्ये ११ जना मन्त्री बनेका थिए । तर सर्वोच्च अदालतले मन्त्रिपरिषद् विस्तारलाई नै असंवैधानिक भनेपछि मन्त्रीहरु १९ दिनमै पदमुक्त भए । 

    संसद पुनर्स्थापना भएपछि ठाकुर पक्षमा रहेका संसदहरु क्रमशः उपेन्द्र यादवतिर आउन थाले  र आइतबार संसदमा मतदान  गर्ने क्रममा ठाकुर पक्षले नै प्रधानमन्त्री देउवाको साथमा उभिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।