Logo

२०८३, श्रावण ३०गते


images
images

एमालेलाई रिजालको जवाफ- सत्ता कसरी चल्छ, अब जनताले देख्छन्

एमालेलाई रिजालको जवाफ- सत्ता कसरी चल्छ, अब जनताले देख्छन्

images
  • एमालेलाई रिजालको जवाफ- सत्ता कसरी चल्छ, अब जनताले देख्छन्
    images
    images

    काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सांसद डा. मिनेन्द्र रिजालले सत्ता कसरी चल्छ भनेर अब नेपाली जनताले हेर्ने बताएका छन् । विश्वासको मत लिने प्रधानमन्त्री शेरबहादुर देउवाको प्रस्तावमाथि प्रतिनिधिसभामा आइतबार भएको छलफलमा भाग लिँदै कांग्रेस सांसद रिजालले सत्ताभन्दा बाहिर भए पनि अहंकार नदेखाउन एमाले नेताहरुलाई आग्रह गरे ।

    images
    images
    images

    कोरोनाको संक्रमण रोकथामका लागि लकडाउन गरेर अध्यादेश ल्याउन थालेको, जनताको स्वास्थ्यमाथि गम्भीर खेलबाड भएको, प्रतिनिधिसभा विघटन र अदालतमाथि आक्रमण जस्ता काम गरेको भन्दै उनले भने, ‘प्रतिपक्ष कस्तो चल्ला हेर्दै गरौंला, सत्ता कसरी चल्छ भन्ने अब नेपाली जनताले हेर्छन् ।’

    images
    images
    images

    कोभिड लागे लागोस्, तर सरकारसम्म आवाज पुर्‍याउनुपर्छ भनेर जनता इनफ इज इनफ भनेर सडकमा आएको, संसदीय समितिहरुले एकसेएक भ्रष्टाचारबारे छानबिन गर्नु परेको उनले स्मरण गरे । 

    images
    images
    images

    ‘त्यस्तो दिन भोलि आउँदैन, त्यो चाहिँ विश्वास छ शेरबहादुर देउवामाथि,’ सांसद रिजालले भने, तपाईंहरुलाई पनि यहाँबाट पाखा लगाउन होइन, हरेक दिन सुनेका टिकाटिप्पणीबाट सच्चिन्छौं ।’

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # डा. मिनेन्द्र रिजाल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।