Logo

२०८३, आश्विन १०गते


images
images

पोखरा महानगरबाट राहत सामग्रीसहितको उद्दार टोली भूकम्प प्रभावित क्षेत्र प्रस्थान

पोखरा महानगरबाट राहत सामग्रीसहितको उद्दार टोली भूकम्प प्रभावित क्षेत्र प्रस्थान

images
  • पोखरा महानगरबाट राहत सामग्रीसहितको उद्दार टोली भूकम्प प्रभावित क्षेत्र प्रस्थान
    images
    images

    राजेश  पराजुली, पोखरा । ५० लाख रुपैयाँ बराबरको सहयोग गरिने, सहयोगमा मेयर देखि कार्यपालिका सदस्यसम्मको एक महिनाको पारिश्रमिक समावेश
    पोखरा ।

    images
    images
    images

    पोखरा महानगरपालिकाको एक टोली राहत र उद्दारको सामग्री लिएर भूकम्प प्रभावित क्षेत्र तर्फ प्रस्थान गरेको छ । वडा अध्यक्षद्वय साहारा प्रधान र राममोहन आचार्यको नेतृत्वमा स्वास्थ्यकर्मी, नगर प्रहरी सहितको टिम राहत तथा उद्दारका सामाग्री सहित प्रभावित क्षेत्रतर्फ प्रस्थान गरेको हो । दुई वटा सानो गाडी र १ ट्रक सहित १७ जनाको उद्दार टोली त्यसतर्फ प्रस्थान गरेको पोखरा महानगर पालिकाका मेयर धनराज आचार्यले जानकारी दिए ।

    images
    images
    images

    उनका अनुसार टोली आवश्यकता अनुसार प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्यमा खटिने छ । टोलीले राहत सामाग्रीका रूपमा लत्ताकपडा, त्रिपाल, ब्ल्यांकेट र औषधी एवं उपचारका आवश्यक सामाग्री लिएर गएको छ ।

    images
    images
    images

    पहिलो चरणमा महानगरका नगरप्रमुख, उपप्रमुख लगायत अध्यक्ष तथा कार्यपालिका सदस्य हरूको १ महिनाको पारिश्रमिकबाट सोघभर्ना हुने गरी १३ लाख १५ हजार रुपैयाँ  र अन्य जनप्रतिनिधि एवं कर्मचारीहरुको स्वछिक सहयोग र नपुग रकम महानगरपालिकाको बिपद् कोष बाट खर्च बेहोरिने मेयर आचार्यले जानकारी दिए । सबैगरेर ५० लाख बराबरको राहत सहयोग प्रदान गरिने उनले बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पोखरा महानगर पालिका
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।