Logo

२०८३, आश्विन १०गते


images
images

कास्कीमा हात पारे तिन बरालले टिकट

कास्कीमा हात पारे तिन बरालले टिकट

images
  • कास्कीमा हात पारे तिन बरालले टिकट
    images
    images

     राजेश पराजुली, पोखरा । तिनवटा संघिय निर्वाचन क्षेत्र रहेको कास्कीमा गठबन्धनका मुख्य तिन दलका उम्मेदवार बराल रहेका छन । कास्कीमा एकमा किशोरदत्त बराल, दुईमा श्रीनाथ बराल र तिनमा राम्जीप्रसाद बरालले क्रमशः कांग्रेस, समाजवादी र माओवादीबाट टिकट हात पारेका हुन् ।

    images
    images
    images

     

    images
    images
    images

    कास्की क्षेत्र नम्बर १ मा प्रतिनिधिसभाका लागि कांग्रेस जिल्ला सभापति किशोरदत्त बरालले टिकट हात पारेका छन् । उनले एमालेका मनबहादुर गुरुङसँग प्रतिस्पर्धा गर्नेछन् ।

    images
    images
    images

     

    त्यस्तै, कास्की कै क्षेत्र नम्बर २ मा प्रतिनिधिसभाका लागि नेकपा समाजवादीबाट श्रीनाथ बरालले टिकट पाएका छन् । उनले नेकपा एमालेका बिध्या भट्टराईसँग प्रतिस्पर्धा गर्ने छन् ।

     

    यसै गरी, क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभाका लागि नेकपा माओवादीका तर्फबाट गण्डकी प्रदेशका अर्थमन्त्री राम्जीप्रसाद बराल ‘जिवन’ ले प्राप्त गरेका छन् । उनले पनि नेकपा एमालेका दामोदर बैरागीसँग प्रतिस्पर्धा गर्ने छन् ।
    क्षेत्र नम्बर १ को प्रदेश क मा नेकपा माओवादीबाट दीपक कोईराला, प्रदेश ख मा नेपाली काँग्रेसबाट दीपक गुरुङ माइला, क्षेत्र नम्बर २ क मा माओवादीबाट विश्वप्रकाश लामिछाने, ख मा नेपाली काँग्रेसबाट गण्डकी प्रदेशका मन्त्री बिन्दुकुमार थापा र क्षेत्र नम्बर ३ क मा दुर्गादत्त भण्डारी र माओवादीबाट ख मा नेपाली कांग्रेसबाट प्रकाश बरालले टिकट पाएका छन् ।

     

    कास्कीमा प्रतिनिधिसभाका ३  प्रदेशसभाका ६ वटा निर्वाचन क्षेत्रमध्ये गठबन्धनबाट नेपाली कांग्रेस र नेकपा माओबादी केन्द्रले ३-३ निर्वाचन क्षेत्रमा उम्मेदवार उठाएका छन् ।समाजवादीका लागि केन्द्रको १ मात्र परेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पोखरा महानगर पालिका
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।