Logo

२०८३, आश्विन ९गते


images
images

पोखरा सडक पेटिका रुख विरुवा बिना समन्वय निर्ममतापूर्वक काटछाट्

पोखरा सडक पेटिका रुख विरुवा बिना समन्वय निर्ममतापूर्वक काटछाट्

images
  • पोखरा सडक पेटिका रुख विरुवा बिना समन्वय निर्ममतापूर्वक काटछाट्
    images
    images

    राजेश पराजुली, पोखरा । पोखराका मेयर धनराज आचार्यले आफ्नो फेसबुक स्टाटस लेख्दै बिद्युत प्राधिकरणका कार्यालय प्रमुखले आफुखुसि रुख विरुवा काटछाट गरेको आरोप लगाएका छन् । उनले भने “पोखरामा हामीले “ग्रीन पोखरा, क्लिन पोखरा“ परियोजना सुरु गरेका छौं, जसअन्तर्गत २ लाख २६ हजार बिरुवा बिज्ञहरुको सिफारिस अनुसार रोप्ने लक्ष्य लिएका छौं, तर धेरै बर्ष लगाएर हुर्केका सडक किनाराका रुखहरु बिना समन्वय निर्ममतापूर्वक काटिएको खबर प्राप्त भएको छ, बिद्युत प्राधिकरणका हाकिम साबलाई म सोध्न चाहान्छु यस्तो अधिकार कसले दियो हाकिम साब ? ”

    images
    images
    images

    अब सडक किनाराका बिरुवा बिना अनुमति काट्न खोजिएको देखिएमा महानगरको हटलाइन ११८१ वा नगर प्रहरीको सम्पर्क नम्बर ९८४६०४०७५१ मा खबर गरिदिनु हुन सम्पूर्ण नगरवासी दाजुभाइ तथा दिदीबहिनीहरूमा अनुरोध गर्दछु भनेर मेयर आचार्यले स्टाटस राखेका थिए ।पोखरामा अव्यबस्थित र स्थानिय तह पोखरा महानगरसंग समन्वय विना नै रुख बिरुवा काटछाट हुँदा यस्तो मेयर आचार्यको फेसबुक स्टाटस आएको हो ।

    images
    images
    images

    नेपाल बिद्युत प्राधिकरणले पोखरा महानगरपालिकासंग समन्वय नै नगरी पोखरा सडक पेटिका क्षेत्रमा रहेका रुख विरुवा काटछाट् गरेको हो । पोखराको न्यूरोडमा नेपाल बिद्युत प्राधिकरणले महानगरसंगको समन्वय विना नै पोखरा सडक पेटि क्षेत्रका रुख बिरुवा काटछाट गर्दै गर्दा महानगरको नगर प्रहरीले उक्त रुख बिरुवा नकाट्न चेतावनी दिए पछि बिद्युत प्राधिकरण व्याक हटेको थियो ।

    images
    images
    images

    प्राधिकरणले खेतला हालेर पोखरा महानगरले हुर्काका रुख बिरुवा अवैज्ञानिक र अफ्सिजनमा जथभावी रुपमा रुख बिरुवा काटेको आरोप लगाएको छ । पोखरा महानगरका मेयर आचार्यले दृदयविधारक ढंगबाट प्राधिकरणले पोखराको सौन्दर्यताको रुपमा रहेका सडक पेटिका रुख विरुवा काटेको आरोप लगाए । वन ऐनले स्थानिय तहलाई रुख बिरुवाको संरक्षण गर्ने जिम्मा दिएको अबस्थामा प्राधिकरणले आफुखुसि रुख विरुवा काट्न गलत भएको उनले  जनाए । महानगरले २ लाख २६ हजार विरुवा रोप्ने गरी खाडल खन्ने तयारी गरेका वेला पोखरामा रुख विरुवा काट्नु गतल भएको मेयर आचार्यले जनाए ।

    यस बिषयमा नेपाल बिद्युत प्राधिकरण पोखरा शाखा कार्यालयका प्रमुख जितेन्द्र यादवले बिद्युतको लाइनमा छोएका रुख विरुवा मात्र काटछाट गरिएको बताए । पोखरामा उक्त रुख बिरुवाले सौन्दर्यता थपेको भए पनि बिद्युत लाइनमा पुगेर दुर्घटनाको उत्तिकै जोखिम भएको उनले दाबी गरे । कति रुख विरुवा काटछाट भयो भन्ने उनीसंग कुनै तथ्याङक छैन् ।

    फिल्डमा हेर्दा भने अधिकांश रुख विरुवाहरु तारमा छोएको अबस्थामा काटिएको छ भने केही विरुवा थिलोथिलो पारेर अव्यबस्थित ढंगले केही तार नभएको स्थानमा समेत काटिएको स्थानियले जनाएको छन ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पोखरा महानगर पालिका
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।